विराटनगरको बेबी स्वीट्समा ढुसी र किरा परेको मिठाइ बिक्री !

विराटनगर । विराटनगर–६ स्थित बेबी स्वीट्स हाउसमा ढुसी र किरा लागेका मिठाईहरू बिक्री वितरणमा राखेको पाइएको छ । संयुक्त बजार अनुगमन टोलीले आइतबार गरेको अनुगमनको क्रममा बेबी स्वीट्समा यस्तो भेटिएको हो ।

बिमल कुमार मेहताद्वारा सञ्चालित उक्त उद्योगमा गुणस्तरहीन भेटिएका करिब १० केजी मिठाईहरु नष्ट समेत गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत शंकर न्यौपानेले जानकारी दिए ।

बेबी स्वीट्सले न्यूनतम मापदण्डको समेत पालना नगरि खाद्यवस्तु विक्री वितरण गरेको अनुगमन टोलीले भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले स्विट्स हाउसलाई ३ दिनभित्र उत्पादनस्थलको सरसफाई गर्ने र १ महिनाभित्र उत्पादनस्थल स्थानान्तरण गर्ने निर्देशन दिएको छ ।

अनुगमनको क्रममा बेबी कोल्ड सेन्टरले गैह्रकानुनी रुपमा आयातित वस्तु बिक्री गरेको फेला पारेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले २० हजार रुपैयाँ जरिवानासमेत गराएको छ ।

आइतबार, ०७ कार्तिक, २०७८, साँझको ०७:४२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर