एमालेद्वारा पनि संसद स्थगित गर्न माग गर्दै निवेदन

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले आजकाे प्रदेशसभा बैठक राेक्न माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता गराएकाे छ ।

आजकाे बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासकाे मत लिने प्रस्तावमा छलफलमा तयारी भइरहेकाे बेला कांग्रेसले बैठक राेक्न माग गरेकाे हाे ।

कांग्रेसले बैठक स्थगित गर्न माग गरेपछि सत्तारूढ दल एमालेले पनि बैठक राेक्न र कार्तिक १५ गतेमात्र बैठक राख्न माग गर्दै अर्काे निवेदन दिएकाे छ ।

कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाकाे प्रदेश १ काे भ्रमण परेकाेले आजकाे बैठक स्थगित गर्न माग गरेकाे हाे भने एमालेले कांग्रेसले बैठक स्थगित गर्न माग गरेकाे र अब १५ गते अगाडि पार्टीको कार्यक्रमहरूले गर्दा त्यतिन्जेल सम्मकालागि बैठक राेक्न माग गर्दै निवेदन दर्ता गरेकाे हाे ।

आइतबार, ०७ कार्तिक, २०७८, दिउँसोको १२:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर