विराटनगर । सुनसरीको कोशी गाउँपालिका ८ को कोसी ब्यारेजबाट सप्तकोशी नदीमा एक पुरुषले हाम फाल्दा बेपता भएका छन् ।
इटहरी उपमहानगरपालिका १ बस्दै आएका ५८ वर्षे तिलकप्रसाद दाहाल सप्तकोशी नदीमा शनिबार हाम फालेर बेपता भएको प्रहरीले जनाएको हो ।
कोशी ब्यारेजको १३ नम्बर ढोका नजिकैको ३६ प ९२५५ नम्बरको मोटरसाइकलमा आएका दाहालले नदीमा हामफालेका दाहालको खोजीकार्य जारी रहेको प्रहरी चौकी कोशी व्यारेजका प्रहरी सहायक निरीक्षक तारा चुँडालले बताए ।
चुँडालका अनुसार दाहालको मोटरसाइकल, चप्पल र पर्स भेटिएको छ । पर्समा ५८ वर्षे तिलकप्रसाद दाहाल नाम गरेको परिचयपत्र फेला परेको छ । कोशी पुलको १३ नम्बर गेटमा पुगेर परिवारका सदस्यलाई फोन गरी नदीमा हामफाल्न लागेको जानकारी गराएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सो सूचना पाएसँगै १३ नम्बर गेटमा आएर हेर्दा मोटरसाइकल चप्पल र पर्स फेला परेपछि अहिले दाहालको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

