१८ लाख नगद तथा सुनको गहनासहित २ जना पक्राउ

विराटनगर । प्रहरीले सुनसरीको धरानबाट स्रोत नखुलेको १८ लाख रुपैयाँ नगद र बिल बिनाको सुनका गहनासहित २ जनालाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका २ बाट पक्राउ पर्नेमा धरान १५ सगरमाथा लाईन का ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ छन् ।

हिंजो दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट बिल भरपाई बिनाको ५ वटा सुनको चुरा (२८५.३२ ग्राम) र नगद १८ लाख रुपैयाँ सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार, ०५ कार्तिक, २०७८, साँझको ०६:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर