विराटनगर । बेमौसमी झरीले निम्त्याएको बाढी र पहिरोका कारण अवरुद्ध प्रदेश १ का दुई राजमार्ग सुचारु भएका छन् ।
कोशी राजमार्गको धरान धनकुटा खन्डको लेउती खोलाले बाटो बगाउँदा आवागमन ठप्प भएको थियो । वैकल्पिक उपाय लगाएर अर्को बाटो खोलेपछि बुधबारदेखि यो राजमार्ग सुचारु भएको हो । बाढीले राजमार्गको दुई सय मिटरभन्दा बढी भाग कटान गरेको थियो ।
यसैगरी झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । पहिरोका कारण अबरुद्ध रहेको ताप्लेजुङ( चारआली खण्ड सञ्चालनमा आएको छ । मंगलबार दिउँसोदेखि अबरोद्धको कारण सञ्चालनमा आउन नसकेको राजमार्ग खुलाउने बुधबार सबेरैबाट खुलाउने प्रयास गरिएको थियो । बिहीबार अपराहानबाट राजमार्ग खुलेको हो ।
राँकेदेखि फिदिम खण्ड बुधबार राती अवेरसम्म खुलाउनका लागि प्रयास भएको थियो । बिहीबार दिउसोबाट ताप्लेजुङबाट पाँचथरको फिदिम देखि राँके सम्मको खण्ड सञ्चालनमा आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।
पाँचथर देखि इलामको रक्से सम्म्मको सडकमा भएको अबरोध पनि खुलेकोे इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उक्त अबरोध हटेसंगै मेची राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको हो ।
बाटो अबरोध हुँदा मंगलावर रातीदेखिनै यात्रुहरु बिचबाटोमा रोकिएका थिए । यसका साथै तमोर करिडरम, मध्यपहाडी लोकमार्गका विभिन्न सडक अवरुद्ध छन् । ठाँउ ठाँउमा पहिरो झरेर सडक अवरुद्ध भएपछि दसैँ मान्न आफन्तमा गएका तथा फर्किदै गरेकाहरु बाटोमा अलपत्र भएका थिए । ताप्लेजुङको प्रसिद्ध पाथिभरा देविको दर्शन गर्न हिडेका र फर्किएकाहरु हेवाँ खोला र फिदिम लालीखर्कमा बसिरहेका थिए ।
पाँचथर सदरमुकाम फिदिम, ताप्लेजुङ सदरमुकाम फुङ्लीङ जोड्ने मुख्य सडकको रुपमा मेची राजमार्ग रहेको छ । वैकल्पिक सडक नहुँदा समस्या भएको हो ।