लोड हुँदैछ...

मेनु

प्रभावित बालिकालाई अध्ययनको लागि सहयोग

प्रभावित बालिकालाई अध्ययनको लागि सहयोग

विराटनगर । साना हातहरू नेपाल विराटनगर मोरङले एक जना प्रभावित बालिकलाई अध्ययनको लागि आर्थिक सहयोग गरेको छ ।

साना हातहरू नामक संस्थाले सुनसरीको रामधुनी नगरपालिका बालिकालाई उच्च शिक्षा अध्ययन गर्नको लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । सहयोग रकम सोमबार हस्तान्तरण गरिएको छ ।

कक्षा ११ मा अध्ययरत बालिकालाई उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले सहयोग प्रदान गरेको साना हातहरू विराटनगरका प्रमुख विवश श्रेष्ठले जानकारी दिए । सहयोग रकम इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले हस्तान्तरण गरे ।

सोही अवसरमा प्रहरी निरीक्षक राउतले पनि बालिकालाई उच्च शिक्षा अध्ययनको लागि नगद पाँच हजार रुपैयाँ सहयोग गरेका थिए । छात्रा प्रभावित बालिका हुन् । साना हातहरू नामक संस्थाले बालबालिका बेचबिखन विरूद्धको अभियानमा विगत १२ वर्षदेखि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।