विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सरकारी कार्यालयको सेवाप्रभाह जनमैत्री बनाएर अगाडी बढाउने प्रतिवद्धता जनाएका छन् । एक हप्ताअगाडि सरूवा भएर मोरङको प्रमुख जिल्ला अधिकारीको कार्यभार समालेपछि उनले सोमबार संचारकर्मीहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले मातहतमा रहेको कार्यालयहरूबाट सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाहमा विशेष जोड दिँदै जनमैत्री सेवा प्रदान गराउन लागि पर्ने बताए । उनले जिल्लामा शान्ति सुरक्षा कायम गराउँदै विकास निर्माणमा समन्वयकारी भूमिका खेल्ने बताए । दाहालले नयाँ संघीय संरचनामा कर्मचारी व्यवस्थापन पनि अर्को समस्या भएको बताए ।
सरकारी कार्यालयबाट हुने सेवालाई प्रभावकारी बाउन आफुले सक्दो पहल गरेर अगाडि बढ्ने बताए । उनले ऐन कानुन प्रभावकारी कार्यान्वयनको लागि पहल गर्ने र बजारमा नियमन बढाउने बताए । खुल्ला सीमाको फाइदा उठाउँदै हुने चोरी, तस्करी पनि पूर्ण रुपमा रोकथाम र नियन्त्रणमा लागि पर्ने उनको भनाइ छ । ‘मोरङमा ६३ किलोमिटर क्षेत्रमा खुल्ला सीमा क्षेत्र रहेको छ । सीमाक्षेत्रदेखि चोरी तस्करी र अपराधमा नियन्त्रणमा पनि ध्यान केन्द्रीत गर्नेछु,’ उनले भने ।’ प्रमुख जिल्ला अधिकारी दाहालले सरोकारवाला पक्षसँगको पहलमा कोभिड १९ न्यूनीकरणका लागि भइरहेको कामलाई पनि निरन्तरता दिएर अगाडि बढ्ने उनले बताए ।