अदालत परिसर बाहिर खुकुरी प्रहार प्रकरण : खुकुरी हानेर भागेका थिए कार्की

विराटनगर । उच्च अदालत विराटनगरको गेटमै दिनदहाडै एक जना व्यापारीमाथि मोटसाइकलमा आएका युवाले खुकुरी प्रहार गरेर कोशी अस्पतालतिर भागेको खुलेको छ ।

प्रत्यक्षदर्शीले हाम्रोमतलाई दिएको जानकारी अनुसार काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी ३२ वर्षीय कमानसिंह लामामाथि आइतबार अपरान्ह १२ बजेतिर खुकुरी हानेर एक जना युवा कोशी हस्पिटलतिर फरार भएका हुन् ।

खुकुरी प्रहरा गरि फरार भएका विराटनगर ६ घर भएका २५ वर्षीय बिमल कार्कीलाई प्रहरीले आइतबार कोशी अस्पताल अगाडिदेखि पक्राउ गरेको छ । खुकुरी प्रहारबाट लामाको हात, पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको उपचार विराटनगर अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

‘ल फर्मबाट निस्किएर उच्च अदालत विराटनगरभित्र प्रवेश गर्न लाग्दा गेटमा देवकोटा चौकदेखि उत्तरतर्फ आइरहेको मोटसाइकलबाट उत्रिएका एक जना युवाले खुकुरी झिकेर व्यापारीलाई प्रहार गरेका थिए,’ अदालत बाहिरबाट घटना नियालेका एक जना प्रत्यक्षदर्शीले हाम्रोमतसँग कुराकानी गर्दै भने, ‘सुरूमा दायाँ हातमा खुकुरी प्रहार भएको छ । त्यसपछि पेटमा हानेपाछि घाइते भएका व्यापारी त्यही ढलें । हामी सबैजना भएर घाइतेलाई रगत बगिरहेको ठाउँमा कपडाले बाँधिदिन थालेका थियौं । त्यसैबेला आक्रमण गर्ने उच्च अदालत प्रवेश गर्ने गेटबाट पश्चिमतर्फ कोशी अस्पतालको गल्लितिर फरार भए ।’

घाइते भएका लामाको मोरङको कटहरी गाउँपालिका–६ मा रहेको इँट्टा उद्योगमा लगानी रहेको बुझिएको छ । इँटा उद्योगसँग सम्बन्धित कामले लामा विराटनगर आउने गरेका थिए । व्यवसायीसँग आपसी विवाद विवादलाई लिएर लामामाथि खुकुरी प्रहार भएको अनुमान प्रहरीले गरेको छ ।

आइतबार, १० असोज, २०७८, दिउँसोको ०२:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर