पाँचथरका आठमध्ये सात पालिकामा सकियो काँग्रेस अधिवेशन

विराटनगर । पूर्वी पहाडी जिल्ला पाँचथरमा आठ पालिकामध्ये सात वटामा नेपाली काँग्रेसको गाउँ–नगर अधिवेशन सकिएको छ । जसमध्ये दुई वटामा निर्वाचनमार्फत र पाँच वटामा सहमतिमा नेतृत्व चयन भएको छ ।

फिदिम नगर समिति सभापतिमा प्रकाश गुरुङ विजयी भएका छन् । उनले १४९ मत ल्याएर जित्दा उनका प्रतिष्पर्धी केशव नेम्बाङले १०८ मत प्राप्त गरेका थिए ।

यसैगरी याङवरक गाउँपालिकामा शेरबहादुर नोगु विजयी भएका छन् । उनले असिम मावोलाई पराजित गरेका हुन् । यसबाहेक कुम्माायक गाउँ समितिमा दुर्गा बम्जन, तुम्देवामा बाबुराम खड्का, मिक्लाजुङमा सन्तोष शेर्मा, फालेलुङमा वीरविक्रम थाम्सुहाङ र हिलिहाङ गाउँ समितिमा सन्तोष लिगदेन सभापति चुनिएका छन् ।

सहमतिको प्रयास जारी रहेका कारण फाल्गुनन्द गाउँ समितिको नेतृत्व चयन भएको छैन ।

आइतबार, १० असोज, २०७८, दिउँसोको १२:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर