मगही भाषाको अभिलेखीकरण कार्यक्रम

विराटनगर । भाषा संस्कृति प्रतिष्ठान, मोरङ विराटनगरद्वारा ‘राष्ट्रिय जनगणना २०७८ में मगही भाषा अभिलेखीकरण’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा मगही भाषासम्बन्धी बृहत छलफल गरेर आउँदो जनगणना २०७८ मा प्रत्येक मगही भाषीले आफ्नो मातृभाषा मगही, पुर्खाको भाषा मगही, सरकारी कामकाजको भाषा मगही जसको भाषा कोड नं २७ रहेको महलमा सबैले लेखाउनु पर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश १ का प्रदेश सांसद बसन्ती देवी यादवले मगही भाषालाई जगाउनु पर्ने, संरक्षण गर्नुपर्ने र त्यसको लागि सबैले आफ्नोतर्फबाट पहल गर्नुपर्नेमा जोड दिइन् ।

बुद्धिजीवी राजेन्द्रप्रसाद गुप्ताले आउँदो जनगणनामा मगही भाषालाई अधिकभन्दा अधिक समावेश गराउनुपर्नेमा जोड दिए। भाषा संस्कृति प्रतिष्ठान मोरङका अध्यक्ष जय प्रकाश महतोले मगहि भाषा वैदिक कालदेखि स्थापित रहेको बताए । उनले मगही भाषा एेतिहासिक रहेपनि ११ औं शताब्दीमा रहेको मैथिलीलाई प्रदेश १ र २ मा मैथिली भाषा १ नं. र २ मा भाषा आयोगमा सिफारिस गरिएकोमा आपत्ती जनाए ।

कार्यक्रममा केवट कल्याण समाज मोरङका अध्यक्ष रविशंकर कामत, सुडि समाजका अध्यक्ष रामेश्वर साह, पिछडा वर्ग अभियन्ता मदन किशोर कामत, रजनिकान्त कामत, मगही अभियान्ता हिरालाल साह, हरिनारायण यादव, मगही कलाकार मुकेश मगही, मगही अभियान्ता श्याम सुन्दर सुतिहारलगायतले धारणा राखेका थिए ।

शनिबार, ०९ असोज, २०७८, रातीको ०८:३० बजे

प्रतिक्रिया

  1. भाषा प्रत्येक व्यक्ति, परिवार, समाज हुदै देश भरी रहेको जात जाति मा राज्य बाट पाउने सुविधा र अधिकार बाट बंचित हुन बाट बच्न आफ्नो भाषा लाई अनिवार्य 2078 को जनगणना मा लेखाउनु होस

प्रतिक्रिया:

सम्बन्धित खवर