लोड हुँदैछ...

मेनु

शब्द थिएटरले मनायो दोस्रो वार्षिक उत्सव

शब्द थिएटरले मनायो दोस्रो वार्षिक उत्सव

पथरी । स्थानीयस्तरमा नै नाट्य क्षेत्रमा काम गर्ने उद्देश्यका साथ मोरङको पथरीशनिश्चरेमा स्थापना गरिएको शब्द थिएटरले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको छ।

शुक्रबार एक औपचारिक कार्यक्रम गर्दै शब्द थिएटरले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवकै अवसरमा तिहार लगत्तै ‘अनि रुन्छ देउराली’ नामक नाटकको मञ्चन गरिने निर्देशक जीवन बरालले बताए ।

मनबहादुर मुखियाको लेखन र शिल्पी थिएटरमा समेत निर्देशकको भूमिका निभाईसकेका निर्देशक जीवन बरालको निर्देशनमा रहने नाटक ग्रामीण परिवेशको सामाजिक कथा वस्तुमा आधारित रहने छ ।

नाटकमा लिला राई, सरोज तिम्सिना, सुदिपजङ कार्की, बिमला पोख्रेल, पर्शुराम न्यौपाने, प्रतिमा पोख्रेल, सदीक्षा अधिकारी, राजेश फागु, टिकाराम राई, सुमन कुँईकेल, मेनुका राई, देव गुरुङ, प्रेम खतिवडा, जानुका बस्नेत, यशोदा श्रेष्ठलगायतका स्थानीय कलाकारको अभिनय रहने छ।

यसअघि थिएटरको स्थापना लगत्तै कोरोनाको कारण गतिविधि गर्न नसकेपनि महामारी कै बीमा देशव्यापि अनलाइन नाटक प्रतियोगिता गरेको अध्यक्ष पर्शुराम न्यौपानेले बताए ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Jeevan baraal
September 24, 2021 11:28 PM

नाटक:- अनि देउराली रुन्छ

प्रतिक्रियाहरू बन्द छन्।