विश्व फार्मेसी दिवस विराटनगरमा मनाइँदै

विराटनगर । नेपाल फर्मासिटिकल एसोसिएसन (एनपीए) ले विश्व फार्मेसी दिवस मनाउने भएको छ । विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरि शनिबार विश्व फार्मेसी दिवस मनाउने भएको हो ।

हरेक वर्ष सेप्टेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्व फार्मेसी दिवसको अवसर पारेर शनिबार विहान औषधी व्यवस्था विभाग विराटनगरमा भेला हुने र त्यसपछि विराटनगरस्थित श्रीकृष्ण होटलमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको नेपाल फर्मासिटिकल एसोसिएसनका प्रचार सचिव संजीव शर्मा कट्टेलले जानकारी दिए । औषधी क्षेत्रका विज्ञ र फार्मेसीसँग सम्बन्धित व्यवसायी, सरोकारवालासँग अन्र्तक्रिया हुनेछ ।

सोही अवसरमा एनपीएको संस्थापक अध्यक्ष डा. पुरूषोतम नारायण सुवाललाई सम्मान गरिने भएको छ । फर्मासिस्टको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका डा. सुवाललाई विश्व फार्मेसी दिवसको अवसर पारेर सम्मान गर्न लागिएको हो ।

डा. सुवालले तत्कालिन शाही औषधी लि. रोयल ड्रग रिर्सच ल्याबटोरी र औषधी व्यवस्था विभागको स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । नेपालमा आएर सरकारी क्षेत्रबाट फर्मासिस्टमा काम गर्ने डा. सुवाल पहिला व्यक्ति हुन् । उनले बेलायतमा पढेर नेपाल आएका थिए । उनले जुद्ध रिसर्च ल्याबमा पनि काम गरेका थिए ।

बिहिबार, ०७ असोज, २०७८, साँझको ०७:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर