विराटनगर । उद्योग संगठन मोरङ उद्योग व्यवसाय क्षेत्रमा नियमित विद्युत आपूर्तिमा भईरहेको भन्दै समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
विद्युत प्राधिकरण प्रदेश नं. १ ले आयोजना गरेको छलफल कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विद्युतको अनिमित आपूर्तिले उद्योग प्रतिष्ठानहरुले ठूलो समस्या भोग्नुपरेको बताए ।
विद्युत अनियमित हुँदा उत्पादन लागतमा वृद्धि भएको, उत्पादित वस्तुको गुणस्तरमा ह्रास आएको, मिल मेशिनेरीहरुमा गपति पुगेको र प्रतिष्पर्धात्मक क्षमता कमजोर भएको प्याकुरेलको भनाइ थियो । सानो झरी, वर्षा, हावामा पनि विद्युत आपूर्ती बन्द हुँदा समस्या भएकोले यसको समाधान गर्नुपर्ने उनको भनाइ थियो ।
प्याकुरेलले कुनै उद्योगले बोइलर प्लान्टबाट उत्पादन गरेको विद्युत उद्योगमा खपत हुन नसकेको अवस्थामा विद्युत प्राधिकरणले खरिद गरिदिनुपर्ने, विद्युत मिटर रिडिङमा प्राधिकरणको कर्मचारीले त्रुटि गरेर छुट भएको युनिटलाई पुनः बिलिङ गर्न पाउने व्यवस्था हुनुपर्ने र विद्युत बिलको रकम बैंकमार्फत जम्मा गर्नुपर्ने प्राबधान रहेकोमा चेक जम्मा गरेको दिनलाई नै भुक्तानी मिति मान्नुपर्ने माग गरे । यस्तै विद्युतको डिमाण्ड शुल्क खारेज गर्नुपर्ने, प्राधिकरणमा निवेदन दर्ता गर्दा टिकट टाँस्ने व्यवस्था हटाउनुपर्ने र निवेदन बिनातोक आदेश सहजरुपमा दर्ता गर्नुपर्ने उनको भनाइ थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।