वृद्धाश्रममा औषधी व्यवसायी संघ मोरङको तीज कार्यक्रम

विराटनगर । विराटनगर–८ मा रहेको विराटेश्वर वृद्धाश्रममा तीज कार्यक्रम आयोजना गरेको छ ।

नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सोमबार वृद्धाश्रममा तीज विशेष कार्यक्रम आयोजना गरेको हो । वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई रमाइलो गराउने उद्देश्यले औषधी व्यवसायी संघ मोरङले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्ने गरेको प्रवक्ता तथा संघका उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । वृद्धाश्रमा ६५ जना भन्दा बढी ज्येष्ठ नागरिक रहेका छन् ।

कार्यक्रममा बोल्दै विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगत प्रसाद आर्यालले चाडपर्वको बेलामा तीज विशेष कार्यक्रम ज्येष्ठ नागरिकहरुको लागि अविस्मरणीय हुने बताए । उनले यस्ता कार्यक्रमहरुले ज्येष्ठ नागरिक वृद्धा आमाहरुलाई घर परिवारको सम्झना पनि केही हदसम्म कमी हुने बताए । संघले आयोजना गरेको तीज विशेष कार्यक्रमको संयोजक सरीता श्रेष्ठ चौधरी रहेकी थिइन् ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले नेपालीहरुको महान चाड तीज पर्वमा यस्ता कार्यक्रममाले समाजमा भाइचारा कायम गर्ने बताए । संघले यसअघि पनि वृद्धाश्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर खाद्यान्य, स्वास्थ्य सामाग्रीहरू पनि वितरण गर्दै आएको थियो ।

कार्यक्रमको स्वागत मन्तब्य संघको महासचिव दिनेश ठाकुरले राखेका थिए । कार्यक्रममा संघका सचिव हरिराज रेग्मी, उपकोषाध्यक्ष पुष्पराज पोखरेल र सदस्य गणेश थापालगायतको उपस्थित रहेको थियो ।

सोमबार, २१ भदौ, २०७८, दिउँसोको ०४:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर