विराटनगर । विराटनगर ७ मा रहेको हाजी इलेक्ट्रोनिक्सले रियलमी ब्रान्डको अथोराइज्ड डिस्ट्रीब्युटर संचालनमा ल्याएको छ । हाजी इलेक्ट्रोनिक्सले विराटनगर, रङ्गेलीलगायत मोरङका विभिन्न क्षेत्रका बजारमा आफ्नो ब्राण्डको विक्री वितरण गर्ने छ ।
एक कर्यक्रमकाबीच चार विभिन्न मोडलका मोबाइल लन्च गरिएको छ । जसमा सि ११(२०२१), सि २०, सि २१ र रियलमी ८ ब्रान्डका मोबाइल रिलन्च गरि बजारमा विक्री वितरण सुरु गरेको हो ।
२ जिबी ¥याम र ३२ जिबी रोममा सि ११ र सि २० मोडलका मोवाइलहरु रहेका छन् जसको बजार मूल्य १२,४९९।– र १२,८४९।– छ । सि २१, चार जिबी ¥याम र ६४ जिबी रोममा उपलब्ध छ । जसको बजार मूल्य १६,९९९।– रहेको छ । रियलमी ८, ६ जिबी ¥याम र १२८ जिबी रोममा उपलब्ध भएको जसको बजार मूल्य २८,७९९।– रहेको इलेक्ट्रोनिक्सले जनाएको छ ।
पहिले मुरारका ग्रुपले नेपालमा भित्र्याएको रियलमी ब्राण्डलाई अहिले शंकर ग्रुपको जगदम्बा मोबाइल्सले नेपाली बजारमा पुनः बजारीकरण थालेको हो । नेपाली ग्राहकको क्रयशक्तिको क्षमताभित्रका सेटहरु भएका कारणले नेपाली बजारमा छोटो समयमै रियलमि मोबाइलले महत्वपूर्ण हिस्सा ओगट्न सफल भएको बताइएको छ । रिलन्चिङमा उत्साहप्रद व्यापार भएको हाजी इलेक्ट्रोनिकका प्रबन्ध निर्देशक खुर्शिद आलमले जानकारी दिए । कार्यक्रममा विराटनगर क्षेत्रका रिटेलर ब्यबसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।