काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेभन्दा एकीकृत समाजवादी दल ठूलो भएको छ । एमालेमा रहेका २५ जना सांसदमध्ये १३ जनाले विभाजित नेकपा एकीकृत समाजवादी रोजेसँगै समाजवादी ठूलो भएको हो ।
आजमात्रै एमालेका थप तीन सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । यसअघि नै १० जना सांसदले समाजवादी दल रोजेका थिए । आज दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावलले नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका हुन् ।
यसअघि पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउन, चुनकुमारी चौधरी, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समयसीमा तोकेको छ ।