विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा लिफ्टसहितको मेडिकल भवनको निर्माण कार्य भइरहेको छ । २ करोड ६ लाख ८६ हजार ९ सय ५७ रूपैयाँ लागतमा नयाँ लिफटसहितको मेडिकल भवन नयाँ बन्न लागेको हो । यो भवनको निर्माण कार्य करिब ८० प्रशित पूरा भएको छ ।
अहिले कोभिड १९ का विरामी राखिको चौथो तलामा मेडिकल वार्डको नयाँ भवन बन्दै गरेको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘विरामीलाई सहजको लागि हामीले कोशीको मेडिकल वार्डको लागि नयाँ भवन निर्माणमा जुटेका छौं,’ मेसु दासले भने, ‘अहिले निर्माण कार्य भइरहेको छ ।’
नयाँ बन्ने मेडिकल भवन चार तलामा हुनेछ । ३७ शैय्याको हुने मेडिकल वार्डमा जान बिरामीको सहजताको लागि लिफ्टसहितको भवन बनाउँदै गरिएको मेसु दासले जानकारी दिए । ‘आइसियू वार्ड तेस्रो तलामा हुनेछ,’ उनले भने, ‘नयाँ बन्दै गरेको मेडिकल भवन चार तलामा हुनेछ । माथिल्लो तलामा विरामीलाई जान सहज पु¥याउन हामीले लिफ्टसहितको भौतिक संरचना बनाएका हौं ।’
बिजी कन्ट्रक्सन काठमाडौंले लिफ्टसहितको मेडिकल भवन बनाउने ठेक्का पाएको छ । आर्थिक वर्षको असार १५ गतेसम्ममा लिफट सहितको मेडिकल भवन बनाउनुपर्ने अस्पतालसँग सम्झौता गरेको थियो । तर, कोभिडको कारण देखाउँदै सम्झौता अवधिमा निर्माण पूरा नभएपछि निर्माण कम्पनीले ६ महिनाको म्याद थप गरेको मेसु दासले जानकारी दिए । सम्झौता सकिने अवधिदेखि थप ६ महिनाको म्याद थप गरेको जानकारी दिए । ‘मंसिरसम्म निर्माण पूरा गरि अस्पताललाई मेडिकल भवन हस्तान्तरण गर्ने तयारी गरि अहिले निर्माण भइरहेको छ,’ उनले भने ।
सर्जरी विभागको पनि नयाँ भवन बन्दै
कोशी अस्पताल परिसरभित्र सर्जरी विभागको पनि नयाँ भवन धमाधम निर्माण भइरहेको छ । ३ करोड १ लाख ७ हजार १ सय ६४ रूपैयाँ लागतमा सर्जरीको भवन बन्दै गरेको हो । यो भवन अहिलेको कोशि अस्पतालको ओपीडि भवनको तेस्रो तलामा बन्दै गरेको मेसु दासले जानकारी दिए । सर्जरी वार्ड यसअघि गाइनो वाडमा रहेको थियो । ‘नयाँ भवन बनेपछि सर्जरी वार्ड अहिलेको ओपीडिको तेस्रो तलामा हुनेछ,’ मेसु दासले भने ।
सर्जरी वार्डको निर्माण कार्य सम्पन्न गरिने अवधि आर्थिक वर्ष असार २५ गतेसम्म थियो । कोभिडको कारण देखाउँदै सम्झौता अवधिमा निर्माण पूरा नभएपछि थप ६ महिना म्याद थप गरेको छ । सर्जरी र मेडिकल वार्डको नयाँ भवन बाहेक पनि कोशी अस्पताल भित्र अत्याधुनिक ६ तलाको भवन बन्दैछ ।
छुट्टै अत्याधुनिक भवन पनि बन्दै
३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा लगानीमा पहिलो चरणमा अन्टरग्राउण्डसहितको चार तलाको सुविधा सम्पन्न भवन बन्न लागेको हो ।
बहुवर्षिय योजना अनुसार मास्टर प्लान बनाएर अस्पतालको ७ तलाको भवन बनाउने योजना रहेको छ । चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइतलामा पार्किङ हुने स्टिमेटमा उल्लेख गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाइ विराटनगरका सूचना अधिकारी अशोक कुमार रामले जानकारी दिए ।
दोस्रो तलामा एचडियूसहितको डाइलोसेसलगायतका सेवाहरू हुनेछ । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शैय्याको हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शैय्याको हुनेछ ।
पहिलो चरणमा संघीय सरकारदेखि ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसाँ रमन भूमिले ठेक्का पाएको हो । पहिलो चरणमा ४ तलाको भवन बन्ने हो । त्यसपछि योजना अनुसार तला थप हुदै जानेछ ।
मास्टर प्लान्ट अनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैठौ तलामा हेल्थ अफ डिपाटमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधा सम्पन्न भवन बनेपछि ५ बेड पु¥याउने कोशी अस्पतालका मेसु दासले जानकारी दिए । चार तला बन्ने भवनको शिलान्यास चाँडै गर्ने तयरी गरेको छ ।