हाजी इलेक्ट्रोनिक्सले ल्यायो ‘वाटर प्युरिफायर’

विराटनगर । विराटनगर मेनरोडस्थित हाजी इलेक्ट्रोनिक्सले नेपालमै पहिलोपटक अत्याधिक शुद्धीकरण प्रक्रिया सहितको वाटर प्युरिफायर नेपाली बजारमा ल्याएको छ ।

हरेक नागरिकलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यका साथ हाजी इलेक्ट्रोनिक्सले भारतीय प्रविधिमा आधारित उक्त प्युरिफायर भित्र्याएको हो । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै इलेक्ट्रोनिक्सले उक्त प्युरिफायर सार्वजनिक गरेको हो ।

सेमीको वाटर प्युरिफायरलाई नेपाली बजारमा रहेका अन्य प्युरिफायरहरुसँगको मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । २४ हजार मुल्य निर्धारण गरिएको उक्त प्युरिफायर ५० प्रतिशत डाउन पेमेन्टमा समेत खरिद गर्न सकिने हाजी इलेक्ट्रोनिक्सले जनाएको छ । पहिलो भुक्तानी पश्चात हरेक मासिक १ हजार रुपैयाँ तिरेर उक्त प्युरिफायर खरिद गर्न सकिने हाजी इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक खुर्शिद आलमले बताए । उनले १ वर्षको वारेन्टी रहेको उक्त प्युरिफायरका लागी ग्राहकले वार्षिक २५ सय रुपैयाँ अतिरिक्त शुल्क तिर्दा जतिपटक बिग्रिएपनि प्युरिफायरको मर्मत र मेन्टेनेन्सको सम्पूर्ण जिम्मेवारी कम्पनीको हुने जानकारी दिए ।

उक्त प्युरिफायर खरिद गरेपछि अन्य व्यक्तिलाई रिफर गरेबापत ग्राहकले प्रत्येक रिफरलमा पाँच सय छुटसमेत प्राप्त गर्ने इलेक्ट्रोनिक्सको दाबी छ । खरिद तथा बिक्री पूर्ण रुपमा एप्स तथा वेबसाईटको माध्यमबाट गर्न सकिने इलेक्ट्रोनिक्सले जनाएको छ ।

सोमबार, ०७ भदौ, २०७८, साँझको ०६:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर