विराटनगर । ७५ वर्ष पुगेको उपलक्ष्यमा विराटनगरस्थित रघुपति जुट मिल्स लि.ले हीरक जयन्ती मनाउँदै छ ।
वि.सं. २००३ साल भदौ ७ गते विराटनगरको रानी मिल्स एरियामा स्थापित रघुपति जुट मिल्स नेपाल कै एतिहासिक जुट उद्योग हो । यो उद्योग नेपाल सरकारको निजीकरण कार्यक्रम अन्तर्गत २०५३ साल भदौबाट गोल्छा अर्गनाइजेशनबाट संचालित छ । हाल यो उद्योगमा करिव तीन हजार कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा यो उद्यागले लाखांैको जीवनयापन र आर्थिक सामाजिक समृद्धिका योगदान दिएको छ ।
७५ वर्षसम्म निरन्तर संचालनमा रहने नेपालको यो एकमात्र उद्योग रहेको हो । यसै सन्दर्भमा उद्योगले आजदेखि १ वर्षसम्म हीरक महोत्सव विविध कार्यक्रमसहित मनाउने जनाएको छ । आज हीरक महोत्सवको अवसरमा वृक्षा रोपण गरि सुरुवात गरियो ।
उद्योग परिषरमा वृक्षिारोपणमा उद्योग संगठन मोरङ, व्यापार संघ मोरङ, स्थानीय पदाधिकारी एवं कामदार, कर्मचारी, ट्रेडयूनियनहरुको सहभागिता थियो । ७५ वर्ष पुगेको उपलक्ष्यमा विविध किसिमका ७५ विरुवा रोपिएको छ । यो कार्यक्रममा उद्योगका संचालक राजकुमार गोल्छाले सबैलाई हार्दिक स्वागत गर्दै उद्योगको इतिहास बताएका थिए ।