ट्राइकोट ईण्डष्ट्रिजका श्रमिकहरु आन्दोलनमा उत्रिए

महिला श्रमिकमाथि दुर्व्यवहार गर्ने कार्यकारी प्रमुखलाई कारवाहीको माग

विराटनगर । उद्योगका प्रमुख कार्यकारी अधिकृतले महिला कामदारमाथि दुव्र्यवहार गरेको भन्दै विराटनगर १३ स्थित ट्राइकोट इण्डस्ट्रिज प्रा.लि.का मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।

श्रमिक महिलाहरुलाई पटक पटक दुव्र्यवहार गरेपछि उनीहरु बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले दुव्र्यवहार गर्ने उद्योगका सिइओ सञ्जय चाण्डोकमाथि कारवाहीको माग गरेका छन् । मजदुरहरुले यतिबेला उद्योग परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।


तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इण्डष्ट्रिजमा ३५० जना भन्दा बढी मजदु्रहरु कार्यरत छन् । त्यसमध्ये १५० को संख्यामा महिला कामदारहरु रहेको बताइएको छ ।

विगत लामो समयदेखि सञ्चालित उद्योगमा पहिले यस प्रकारको समस्या थिएन तर करिव ३ वर्ष अघि चाण्डोक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएपछि महिला मजदुरहरु दुव्र्यवहारमा पर्न थालेको भन्दै श्रमिक महिलाहरुले उनलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् । महिला मजदुरहरुलाई त्यहाँ कार्यरत अन्य मजदुरहरुले पनि साथ दिएका छन् ।

उद्योगका मजदुरहरु पदर्शनमा उत्रिएपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली पुगेको छ । प्रहरी निरीक्षक प्रकाश राउतको नेतृत्वमा प्रहरीले सुरक्षा दिइरहेको बताइएको छ ।

मङ्गलबार, ०१ भदौ, २०७८, दिउँसोको ०१:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर