विराटनगर । विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ । स्थापनाको छोटो समयमा गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थीहरूको मन जित्न सफल भएको हो ।
विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर कलेज संचालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ०७२ देखि छैठौं व्याजसम्ममा पाँच हजारभन्दा बढी विद्यार्थीले प्लसटु उत्तिर्ण गरेपछि विभिन्न क्षेत्रमा अध्ययन गरिरहेका छन् ।
यस कलेजदेखि उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ । कलेजमा भर्ना हुने विद्यार्थीहरूको लागि निःशुल्क कोचिङ कक्षाको पनि व्यवस्था गरेको कान्तिपुर कलेजका प्राचार्य भुवन नेपालले जानकारी दिए ।
‘भर्ना हुने जति पनि विद्यार्थीहरूलाई हामीले दक्ष प्राध्यापक र शिक्षकहरूले पठन–पाठनको व्यवस्था गरेका छौं,’ उनले भने, ‘मेडिकल, इन्जिनियरिङ, सिम्याट, क्षेत्रमा नाम निकाल्न सहज होस भनेर हामीले तयारी कक्षाहरु संचालनमा ल्याएका छौं । त्यसको लागि अनुभवी प्राध्यापकहरू रहेका छन् ।’
कलेजले कक्षा ११ मा विज्ञान संकायमा ३ सय २०, व्यवस्थापनमा ३२० र होटल व्यवस्थापनमा ४० जनाको कोटा निर्धारण गरेको कलेजले जनाएको छ । ‘एसइइको नतिजा प्रकाशित भएपछि कलेजले नयाँ विद्यार्थी भर्ना खुलाएको छ,’ उनले भने, ‘प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गरिने गरेको छ ।’ प्रवेश परीक्षामा उत्कृष्ट नतिजा लयाउने साथै एसइइ परीक्षामा सर्वोउत्कृष्ट नतिजा ल्याउने करिब १ सय विद्यार्थीलाई पूर्ण क्षत्रवृत्तिको व्यवस्था गरिएको कलेजका प्राचार्य नेपालले जानकारी दिए ।
अक्तिरिक्त क्रियाकलाप अन्र्गत खेलकुद तथा अन्य विभिन्न विधामा पनि कान्तिपुर कलेजले उपाधि जितेको छ ।
कलेजले विद्यार्थीलाई नियमित मूल्याङ्कन गरी वर्षै भरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तीको पनि व्यवस्था छ । पूर्व मेचीदेखि जनकपुर, सिराहा, सप्तरीलगायत प्रदेश १ का पहाडी जिल्लाका विद्यार्थीहरूको पहिलो रोजाईमा कान्तिपुर परेकोे उनले बताए । विद्यार्थीको सहजको लागि कलेजले यातायातको व्यवस्था गर्नुको साथै इ–लाइब्रेरी र छुटा छुट्टै छात्र–छात्राको लागि होस्टलको व्यवस्था पनि रहेको छ । यसअघि कक्षा ११ र १२ को वार्षिक परीक्षामा सुनिल कुमार यादव र राजेश कुमार साहले नेपाल दोस्रो तथा पूर्वाञ्चल प्रथम गरेका थिए ।