विराटनगर । विराटनगरको तीन वटा ल्याबले एकै जना विरामीको एउटै समस्यामा फरक–फरक रिपोर्ट दिएको पाइएको छ ।
विराटनगरमा रहेका दुई ठूला अस्पताल र एउटा ल्याबले बिरामीलाई फरक–फरक रिपोर्ट दिएको हो । विराटनगरस्थित कोशी अस्पताल, विराटनगर अस्पतालको ल्याब र हस्पिटल चौकमा रहेको गुणराज कार्की स्मृति अल्ट्राउण्ड डायग्नोष्टिक क्लिनिकको ल्याबले विरामीको रिपोर्ट फरक–फरक दिएको भेटिएको हो ।
विराटनगर–६ हाजिचौकका ४९ वर्षीय अफजल हुसेन (गुल्जर)ले गरेको भिडियो एक्स–रे रिपोर्ट फरक–फरक आएको हो । चार पटक भिडियो एक्स–रे गर्दा चारै पटक तीन वटा ल्याबमा फरक–फरक रिपोर्ट आएको उनले बताए । यसरी फरक–फरक रिपोर्ट आउँदा विरामीलाई थप विरामी बनाएको उनले बताए । ‘ल्याबै पिच्छे रिपोर्ट फरक आउँदा बिरामीलाई पीडा मात्र होइन मानसिक समस्या हुँदो रहेछ,’ उनले भने ।
२१ साउनमा अत्याधिक ढाड दुखाइ भएपछि भोलीपल्ट २२ साउनमा हुसेन विराटनगरस्थित कोशी अस्पताल गएका थिए । ‘हस्पिटल गएको दिन कोशीको ल्याबमा पर्याप्त चिकित्सक नभएको भन्दै भिडियो एक्स–रे नभएपछि २३ साउनमा विराटनगरको हस्पिटल चौकमा रहेको गुणराज कार्की स्मृति अल्ट्रासाउण्ड डायग्नोसिस क्लिबमा गएर भिडियो एक्स–रे गरे । एक्स–रेको १ हजार रूपैयाँ दिए । रिपोर्टमा १८.७ एमएमको पथरीया पिसाब नलीमा रहेको देखायो,’ उनले भने, ‘गुणराजमा गरिएको अल्ट्रासाउण्डमा चित्त नबुझेपछि कोशी अस्पतालको ल्याबमा २६ साउनमा गए ।’ दुई दिन कोशीमा धाएर गराएको भिडियो एक्स–रे रिपोर्टमा पथरीया नभएको रिपोर्ट आएपछि उनी आश्चर्यमा परे । ‘तीन दिनअगाडि गुणराज कार्की स्मृति अल्ट्रासाउण्डमा परीक्षण गराउँदा १८.७ एममको पथरीया रहेको रिपोर्ट आएको छ । कोशीमा गर्दा केही नभएको रिपोर्ट पाएपछि मानसिक समस्यामा परें,’ उनले भने ।
त्यसपछि उनी नोबल अस्पताल पुगेका थिए । नोबेलका स्वास्थ्यकर्मीले विराटनगर अस्पताल जान सुझाव दिए । ‘बुधबार विराटनगर अस्पतालमा गएर भिडियो एक्स–रे गर्दा १७.१ एममको पथरीया रहेको रिपोर्ट दियो,’ उनले भने, ‘दुईवटा ल्याबले दिएको रिपोर्ट फरक–फरक आएपछि पुनः सरकारी अस्पताल कोशीमा बिहीबार गएँ ।’
कोशीमा गराएको रिपोर्टमा २०.१ एमएमको पथरीया पिसाब नलीमा रहेको ल्याब रिपोर्टमा आएको उनले बताए । ‘यसरी ल्याबै पिच्छे फरक–फरक रिपोर्टले हैरानी मात्र पाइँन मानसिक समस्या झेल्नु परेको छ,’ अस्पतालका ल्याबले दिएको रिपोर्ट हेर्दै उनले भने, ‘अब कुन ल्याबले दिएको रिपोर्टलाई आधार मानेर थप उपचार गर्नु । मत हैरानीमा परेको छु ।’
यता कोशी अस्पतालका रेडियोलोजी विभागका रेडियोलोजिष्ट डा. राजा सुवालले कतिपय अल्ट्रासाउण्ड गर्दा खाना खाएर विरामी आउँदा ग्याँसको कारणले पनि सही रिपोर्ट नआउने गरेको बताए । ‘भिडियो एक्स–रे गराउनुभन्दा अगाडिे पिसाब नफालेका कारणले गर्दा पनि रिपोर्ट सही नआउन सक्छ,’ उनले भने, ‘त्यही भएर अल्ट्रासाउण्ड गर्दा सबै कुरा विचार पु¥याएर गर्नुपर्दछ ।’
सबै तस्बिर सौजन्य : प्रेम देवान
येस्तै हो नेपालमा
एक जना ब्यतीको को भिड को रिपोट न्युरो ले पोजिटिभ र नोबेल्ले नेगेटिभ दिन्छ । एकै दिनमा के गर्नु
तनाब दिने काम मत्र हुन्छ यहाँ।