सरकारले गर्यो २० युनिटसम्म बिजुली निःशुल्क दिने निर्णय

विराटनगर । सरकारले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई निशुल्क बिजुली दिने निर्णय गरेको छ । गरीब तथा विपन्न वर्गले उज्यालोका लागि मात्र बिजुली खपत नर्गे भएकोले त्यही वर्गलाई लक्षित गरेर २० युनिटसम्म बिजुली निशुल्क दिने निर्णय भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गरेर निर्णयका बारेमा जानकारी दिएकी हुन् । उनले मन्त्री पदमा पद बहाद गरेकै दिन गरीब परिवारलाई निशुल्क बिजुली दिने घोषणा गरेकी थिइन् । सरकारको उक्त निर्णय अनुरुप नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले पनि निर्णय लिइसकेको मन्त्री भुसालले जानकारी दिइन् ।

महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले त्यहाँ प्रस्ताव पठाइएको र आयोगले निर्णय गरेकै दिनबाट निर्णय कार्यान्वयनमा जाने मन्त्री भुसालले जानकारी दिएकी छन् । अब २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहले डिमाण्ड शूल्कको ३० रुपैयाँ मात्र तिर्नुपर्नेछ । यो निर्णयबाट विपन्न समुदायलाई थोरैभएपनि राहत पुग्ने बताइन् ।

यसबाहेक सरकारले सिमान्तकृत र साना कृषकहरूको जीवनस्तर उठाउने माध्यम भएकोले स्यालो ट्युबेल प्रयोग गर्ने किसानहरुलाई पनि छुट सुविधा दिने निर्णय भएको बताइन् । विद्युत बढी माग हुने समयमा महशुलमा ८० र अन्य समयमा पूर्ण रूपमा छुट दिने निर्णय भएको मन्त्री भुसालले जानकारी दिइन् ।

यसबाट ३ लाख ८८ हजार घर धुरीका कृषकहरूको जीवनस्तर उठाउन महत्वपुर्ण योगदान हुने उनको विश्वास छ ।

बुधबार, २७ साउन, २०७८, साँझको ०५:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर