विराटनगर । महिला उद्यमीहरुलाई वित्तीय अधिकार र व्यवस्थापन सम्बन्धी जानकारी दिने उद्देश्यले उद्योग संगठन मोरङले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । संगठनको आर्थिक संयोजन समितिको पहलमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको संगठनले जनाएको छ ।
महिलाहरुमा उद्यमशीलता प्रवद्र्धन, विकास र क्षमता अभिवृद्धि गराउने उद्देश्यले वित्तीय अभिमुखिकरण सञ्चालन गरिएको र यसले महिला सशक्तिकरणमा योगदान पुग्ने अध्यक्ष सुयस प्याकुरेलले बताए । महिलाहरुले स्थानीय सीप र श्रमको प्रयोग गरी उद्याम संचालन गरेमा आर्थिक विकासमा योगदान पुग्ने जीवनस्तरमा पनि सुधार हुने उनले बताए ।
आर्थिक संयोजन समितिका संयोजक पारस लुनियाले समय समयमा परिवर्तन हुने कानुनी व्यवस्था र बजार प्रणालीमा उद्यमीहरु जानकार हुनुपर्ने भएकोले अभिमुखिकरणले सहयोग गर्ने बताए । उनले व्यवसायका संचालन गर्ने क्रममा आईपर्ने प्रकृयागत अप्ठायाराहरुमा सहजीकरण गर्न संगठनले आगामी दिनमा सहयोगी डेस्क स्थापना गर्ने जानकारी दिए ।
कार्यक्रममा चार्टड एकाउन्टेन्ट पियूष लुनिया र प्रतिश अग्रवालले कार्यपत्र प्रस्तुत गरेका थिए । गर्दै महिलाहरुले उद्यमशिलता प्रारम्भ गर्नुपूर्व सरकारको नीति, महिलाहरुको लागि प्रदान गरिएका सेवा तथा सुविधाहरु लगायतका विषयमा जानकारी राख्नु पर्ने विषय कार्यपत्रमा उल्लेख थियो । कार्यक्रममा महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओली, सह–संयोजक जयश्री जाजु, समितिका सदस्यहरु, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिहरुका साथै अन्य महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।