सामुदायिक वन दिवसमा पुरस्कार वितरण

विराटनगर । वन तथा भूसंरक्षण विभागको आयोजनामा मोरङमा सामुदायिक वन दिवस २०७८ तथा गणेशमानसिंह सामुदायिक वन् राष्ट्रिय पुरस्कार वितरण समारोह गरिएको छ ।

सोमबार आयोजित सो समारोहमा ५० हजार राशीको गणेशबहादुर शाही द्वितीयस्तरको राष्ट्रिय पुरस्कार रेन्जर विजय प्रजाले पाएका छन् । यस्तै सामुदायिक वन अभियन्ताको रूपमा पथरीका हरियाली सामुदायिक वनका अध्यक्ष काबुल बहादुर मगरलाई सम्मान गरिएको छ ।

यसैबीच डिभिजन वन कार्यालय मोरङका दुइ वटा सामुदायिक वनहरू क्रमशः जनसेवा र नमूना सामुदायिक वन उपभोक्ता समूह लेटाङ पनि पुरस्कृत भएका छन् । दुईवटै समूहले जनही २५ हजार राशीको सान्त्वना गणेशमान सिंह पुरस्कार पाएका हुन् ।

निमित्त महानिर्देशक दिवेशमणी त्रिपाठी र वन तथा वातावरण मन्त्रालयका सचिव पे्रम नारायण कँडेलले उनीहरुलाई पुरस्कृत तथा सम्मानित गरेका हुन् । समारोहकै अवसरमा वन संरक्षण, सम्बद्र्धन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने डिभिजन वन कार्यालय मोरङ प्रमुख अनिरुद्धकुमार साह पनि सम्मानित भएको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिए ।

सोमबार, २५ साउन, २०७८, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर