बेलबारीमा एक हप्ता थपियो लकडाउन

बेलबारी । बेलबारीमा निषेधाज्ञा (लकडाउन)एकहप्ता लम्बिएको छ । कोरोनाको संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि नियन्त्रणका लागि कोरोना रोकथाम नगरस्तरीय बैठकले लकडाउनलाई एक हप्ता थप गरेको हो ।

आज बसेको कोरोना रोकथाम नगर स्तरीय बैठकले १९ गतेदेखि २५ गतेसम्म गरिएको लकडाउनलाई ३२ गतेसम्म थप गरेको हो ।लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पूर्ण उद्योग पसल कलरकारखाना, नीजि तथा सरकारी कार्यालयहरु र बंैक वित्तीय संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । लकडाउनको पालना गर्न गराउनसमेत नगरपालिकाले नगरबासीमा आग्रह गरेको छ ।

बेलबारीमा सक्रिय संक्रमितको संख्या ६ सय ७४ रहेको छ भने २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य शाखाका संयोजक सन्तोष विश्वकर्माले बताए । विश्वकर्माका अनुसार पिसिआर परीक्षण गरिएकामध्ये ४८ प्रतिशतमा संक्रमण देखिने गरेको छ । लकडाउन पछि भने केही संक्रमण घटेको विश्वकर्माले बताए ।

सोमबार, २५ साउन, २०७८, बिहानको ११:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर