दुई युवाले विराटनगरमा खोले तन्दुरी हाउस

विराटनगर । विराटनगरका दुई जना युवा मिलेर प्रदेश १ को राजधानी विराटनगरमा तन्दुरी हाउस खोलेका छन् । नारयण पासवान र जमाहीद अक्बरले विराटनगर–९ रंगेली रोडमा ‘अल्फाम तन्दुरी हाउस’ आइतबारदेखि संचालनमा ल्याएका हुन् ।

उक्त हाउसको उद्घाटन नेकपा माओवादी केन्द्र मोरङ सचिब गणेश उप्रेती सुशिलले गरे । विदेशमा सिकेको सिप स्वदेशमा तन्दुरीको क्षेत्रमा नयाँ स्वाद ग्राहकहरू पस्किने उद्देश्यले विराटनगरमा अल्फाम तन्दुरी हाउस खोलेको संचालक पासवानले जानकारी दिए ।

तन्दुरी हाउसमा विशेषगरी नेपाली, ईन्डियन र चाइनिज परिकारहरु पनि पाइने पासवानको भनाइ छ । अल्फाम तन्दुरी हाउसमा विशेष गरी चिकेन, मटनका विभिन्न परिकारको साथै भेज परिकारहरू पनि पाइन्छ । ‘स्तरीय परिकार खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि हुनेछौं,’ संचालक पासवानले भने, ‘अहिलेसम्म ग्राहकहरुबाट सकारात्मक प्रतिक्रिया पाएका छौं ।’

आइतबार, २४ साउन, २०७८, साँझको ०७:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर