लोड हुँदैछ...

मेनु

मोहनलता साहित्य पुरस्कार सुमन सौरभलाई प्रदान गरिने

मोहनलता साहित्य पुरस्कार सुमन सौरभलाई प्रदान गरिने

विराटनगर । यस वर्षको मोहनलता साहित्य पुरस्कार लघुकथाकार सुमन सौरभलाई प्रदान गरिने भएको छ । नारी स्रष्टा समाज विराटनगरले स्थापना गरेको यो पुरस्कार मंसिर १ गते प्रदान गरिने छ ।

समाजकी अध्यक्ष ममता मृदुलले सो पुरस्कार काभ्रेका लघुकथाकार  सुमन सौरभलाई दिने निर्णय गरिएको जानकारी दिइन् । मोहनलता साहित्य पुरस्कारको राशी ११ हजार र नारी स्रष्टा सम्मान पत्र पनि प्रदान गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।