लोड हुँदैछ...

मेनु

मजाक बैंकको नाफा

मजाक बैंकको नाफा

नेपालमा आजको सन्दर्भमा बैकिङ क्षेत्र एकदमै अब्बल तथा सुदृढ सेवामूलक औधोगिक क्षेत्रको रुपमा स्थापित भएको छ । यस अवस्थामा आइपुग्न नेपाली बैकिङ क्षेत्रले आफ्नै गौरवमय इतिहास व्यतित गरेको छ । अझ आधुनिक बैकिङ क्षेत्रमा बि.सं.१९९४ कार्तिक ३० गते नेपाल बैंकको स्थापनासँगै यसले देशको समग्र औधोगिक विकास तथा अर्थतन्त्रमा खेलेको भूमिकालाई अग्रणी स्थान दिइरहन हामीजस्ता समान्य बुज्रुकलाई अफ्ठ्यारो नपर्ला । आज यस बैकिङ क्षेत्रले करिब आठ दशक पार गरिसकेको छ । यस बिचमा बि.सं. २००७ पश्चात नेपालको राजनैतिक घटना क्रममा भएका उथलपुथलसँगै यस क्षेत्रमापनि धेरै उतार चढाब भएको इतिहास धेरैमा जानकारी रहेको मेरो बुझाइ छ ।

हाल नेपालमा तहगत रुपमा बैकिङ क्षेत्र बाणिज्य बैंक, विकास बैंक, बित्त कम्पनि, लघुबित्त संस्था तथा ईन्फ्रास्टक्चर बैंक रहेका छन् । यस क्षेत्रलाई नियमन तथा नियन्त्रण गर्ने सरकारको एकमात्र नियामक निकाय नेपाल राष्ट्र बैंक रहेको छ । हाल समग्र यस बैकिङ क्षेत्रलाई लगाम लाउन मुख्यत बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपालराष्ट्र बैंक ऐन २०५८, कम्पनि ऐन २०६३, बैकिङ कसुर तथा सजायँ ऐन २०६४, सम्पति शुद्धिकरण (मनि लाउन्डरिङ) निबारण ऐन २०६४, राष्ट्र बैंकद्वारा जारी निर्देशिका, परिपत्रहरु तथा अन्य दर्जनांै ऐन कानुनहरु रहेका छन् । यस क्षेत्र देशको यस्तो क्षेत्र जो आफैमा एक अनुशासीत, मर्यादित , जवाफदेही तथा संस्थागत सुशासन जस्ता बिषयमा प्रतिबद्ध क्षेत्र हो । मौजुदा कानुन तथा नियमहरुलाई अक्षरस पालना गर्ने राज्यको अन्य क्षेत्र भन्दा उत्कृष्ट नेर भन्दा कुनै फरक पर्दैन । देशको राष्ट्रिय उत्पादनमा यस क्षेत्रको अहम् योगदन रहेको छ ।

सन्दर्भ जानकारी भन्दापनि पूर्व अर्थ मन्त्री तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिति २०७८ श्रावण २२ गते मौद्रिक नीति निर्माणको लागि दिएको सुझावको बिषयमा हो । माननीय डा. बाबुराम भट्टराईले बैंकहरुको बढ्दो नाफा र पुँजी बजारको बिषयमा दिनुभएको आधारहीन तर्क कुनैपनि हिसाबमा सहि छैन । यसर्थमा कि संविधाननतः जनतालाई देखाइएको सपना सामजवाद हो तर, हालसम्म बनेका आवधिक योजना ,कार्यदिशा, नीतिगत संरचना दलाल पुँजीवादउन्मुख उपभोगमुखी राज्य प्रणालीमा जकडीएको अवस्था आजको यथार्थ हो । सरकार तथा राज्य हाँक्ने प्रवृतिले समावादको वकालत त गर्छन् र गरिरहेका छन् तर, व्याप्त नीजिकरण तथा बाह्य लगानिको रुपमा विदेशी लगानि भित्र्याउने होडबाजीमा समाजवादको यात्रामा पाइलानै नचाली अधुरै रहने भय छ । सरकार तथा राज्यका नीति निर्माण तहमा रहेका जिम्मेवार व्यक्तिहरुले नीति तथा कार्यक्रम तय गर्दा निर्दिष्ट लक्ष्यलाई हेक्का राख्नु पर्ने बिषय हो ।

सरकारले स्वास्थ्य, शिक्षा ,अर्थ जस्ता अन्य महत्वपूर्ण क्षेत्रमा पूर्ण हस्तक्षेप गर्न नसक्ने, सबै उपल्लो नेतृत्वका प्रवृति दलाल पुँजीवादी तर कुरा समाजवादको अनि नारा रटान दिने बैकिङ क्षेत्रको नाफाप्रति गिद्दे नजर कति सान्दर्भिक होला ? नेतृत्वले नाफाको प्राप्ति बैंक तथा बित्तीय संस्थाले कसरी गरिरहेका छन् त्यसको जानकारी लिँदै त्यसमा भएगरेका त्रुटि सच्याउने तथ्याङ्कीय आधारमा विश्लेष्ण गर्दा अलि सान्दर्भिक हुने थियो कि ? भाषण र घोषणमा बिना धितो र शौक्षिक प्रमाण पत्रका आधारमा कर्जा प्रदान गर्ने उन्मादी नारा सम्झदा बिचरा हाम्रो समाजवाद कतै सपनामा मात्रै टुहुरो त हुने हैन ? सरकारमा सहभागी अन्य क्षेत्रमा झैं यस बैकिङ क्षेत्रपनि असफल हुनु पर्ने ?

मेरो प्रश्न छ कि माननीय ज्यूले आफंै अर्थमन्त्री हुँदा ल्याएको युवा स्वरोजगार कार्यक्रम कतिसम्म प्रभावकारी भएछ ? के लक्ष्ति वर्गले त्यो सुविधा पाए ? पाएका कति युवाहरु स्वरोजगार भएछन् ? कृपया जानकारी पाउँन ! एक प्रतिशत सामाजिक सुरक्षा कर तिरे वापत समान्य श्रमीकहरुले के पाए के गुमाए कृपया त्यसको पनि केहि जानकारी हुनसक्छ भने म आभारी हुने थिएँ ।

बैकिङ क्षेत्रमा रहेको तमाम् श्रमिकहरुले बैंक तथा बित्तीय संस्थाका हरेक नियम तथा निर्देशन पालानागरि कतिले न्युनतम कतिले अधिकतम पारिश्रमिकमा ईमानदार भएर कामगरि जनताको थोपाथोपा बचतको सुरक्षा गर्दै ऐन, कानुन, नीति, पद्धतिमा रहि लगानी गरि यसको परिचालन मार्फत कमाएको नाफामा देखाएको नजर निश्चय नै दोषी हुन सक्छन् । बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना हरेक वित्तीय गतिविधिहरु देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको निर्देशन तथा यस सम्बन्धी मैजुदा ऐन कानुनका आधारमा संचालन गर्दछन् । यसका संचालक समिति, कार्यकारी प्रमुख, पदाधिकारीहरु, कर्मचारीहरु दफादफामा बैकिङ नैतिकता (Banking Ethics) र सिमामा रहि आफ्नो कार्य तथा जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ । त्यसैले नाफा मजाक हैन यो यहि श्रमिकहरुको पसिना हो दोष श्रमिकहरुको हैन यस व्यवस्थामा रहको बेथितिको उपज हो । युद्ध लड अनि जित भन्ने तर बच्न पाउदैनौ फर्केलास् भन्ने तर्क पुँजीवादमा उक्तिसंगत नहोला, पुँजीवाद र नाफा निरपेक्ष हुन्नन् यो सापेक्ष नै हुन्छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Rajendra tajpuriya
August 8, 2021 5:42 PM

Kura ma ma ali confused xu

प्रतिक्रियाहरू बन्द छन्।