लोड हुँदैछ...

मेनु

विराटनगरको गीत गजलमा प्रहरीको छापा, संचालकसहित १२ जुवाडे पक्राउ

विराटनगरको गीत गजलमा प्रहरीको छापा, संचालकसहित १२ जुवाडे पक्राउ

विराटनगर । विराटनगर – १२ रोडशेष चौकदेखि दक्षिणमा रहेको संगम गीत गजलमा प्रहरीले छापा हानेर १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको ब्यूरो टोली र मोरङ प्रहरीदेखि खटिएको टोलीले गीत गजलका संचालक बिमल मुखियासहित १२ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाखालदेखि २ लाख ३० हजार भन्दा बढी रकम बरामद गरेको छ । गजलमा राती ९ बजेसम्म रमाइलो गरेपछि जुवा खेल्ने गरेको प्रहरीलाई सूचना आएको थियो । त्यही सूचनालाई लिएर प्रदेशको ब्यूरो र मोरङ प्रहरीले शुक्रबार राती छापा मारेको थियो । पक्राउ परेका १२ जना जुवाडेलाई मोरङ प्रहरीले आइतबार १० बजेपछि म्याद थप गर्न लैजाने तयारी गरेको छ ।

पक्राउ परेका प्रतिवादीहरूलाई प्रहरीले जुवा ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप हुन्छ । मोरङ प्रहरीले पक्राउ परेका प्रतिवादीहरूको नाम म्याद थप भएपछि सार्वजानिक गर्ने तयारी गरेको छ । ‘जुवा खालदेखि १२ जनालाई पक्राउ गरेर ल्याएका छौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’ स्रोतले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा होटल संचालकदेखि प्रहरीसम्म जुवा खालमा रहेको बुझिएको छ । प्रदेश प्रहरीका एक जना प्रहरी पनि जुवा खालदेखि पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds