एमालेद्वारा भूमि आयोग खारेजको विरोधमा कानेपोखरीमा प्रदर्शन

कानेपोखरी । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा मोरङको कानेपोखरीमा नेकपा एमालेले गठबन्धन सरकारका विरुद्धमा विरोध प्रदर्शन गरेको छ । भूमि आयोग खारेज गरेर सरकारले भूमिहिन जनताको जमिन माथिको अधिकारमा बन्देज गर्न खोजेको भन्दै विरोध र्‍याली प्रदर्शन गरिएको हो ।

कोणसभामा वक्ताहरुले भूमी सम्बन्धि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरु, दलित तथा अव्यवस्थित बसोवासीहरूको पेटमा लात हानेको आरोप लगाएका छन् । केपी ओली नेतृत्वको सरकारले करिब १२ लाख भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानको तयारी गरिरहेकोमा अहिलेको सरकारले आयोग नै खारेज गरेर जनघाती काम गरेको उनीहरूको भनाइ छ ।

नेकपा एमाले कानेपोखरी गाउँकमिटीको आयोजनामा भएको विरोध र्‍यालीमा गाउँपालिकाका ७ वटै वडाका सुकुम्बासी भेला भएका थिए । सुकुम्बासी मारा सरकार मुर्दावाद !, भूमिहीन सुकुम्बासी एक हौं, खारेज गरेको भूमि आयोग फिर्ता गर, भूमिहीन सुकुम्बासीलाई जग्गा धनी पुर्जा दे र सुकुम्बासीहरुको भूमि खोस्न पाइँदैन, परमादेश सरकार चाहिदैंन, जस्ता नारा र प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरे । र्‍यालीमा नारासहित रमाइलो बजार परिक्रमा गरेका थिए । रमाइलो बजार परिक्रमा गरी स्थानीय सरकार गाउँपालिका अगाडी कोण सभा गरी कार्यक्रम समापन गरेको थियो ।

कार्यक्रम पछि प्रधानमन्त्रीको हातमा पुग्ने गरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामलाई भेटी सुकुम्बासीहरुले ज्ञापन पत्र बुझाएका छन् । पत्र बुझ्दै गाउँपालिका अध्यक्ष काफ्लेले तत्काल प्रधानमन्त्रीको कार्यालयमा पुग्ने गरी पत्रचार र इमेल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ वैशाख १ गते भूमिसम्बन्धी समस्या समाधान गर्न भूमि आयोग बनाएको थियो । ग

शनिबार, २३ साउन, २०७८, साँझको ०५:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर