विराटनगर । प्रदेश १ को राजधानी रहेको सहर विराटनगरस्थित कोशी अस्पतालको रेडियोलोजी विभागमा दरबन्दीअनुसाका चिकित्सक नहुँदा बिरामीले सास्ती पाएका छन् ।
चुस्त व्यवस्थापन र दरबन्दी अनुसारको चिकित्सक ल्याउन अस्पतालका मेसु र विकास समितिका पदाधिकारीहरूले चासो नदेखाउँदा सेवाग्राहीले हैरानी पाएका हुन् ।
रेडियोलोजी विभागमा प्रयाप्त मात्रामा चिकित्सक नहुदा पछिल्लो दुई दिनयतादेखि सेवाग्राहीले दुईदेखि तीनदिनमा मात्र भिडियो ए–क्सरे गर्न पालो पाउने गरेका छन् । अस्पतालमा भोग्नुपर्ने झन्झट, अधिक भीडका कारण ज्यादै लामो प्रतिक्षापछि मात्र आउने पालो लगायतका समस्याले विरामी र सर्वसाधरण आजित बनेका छन् ।
मोरङ कानेपोखरी गाउँपालिका–३ केरौनका ४० वर्षिय उमादेवी थापाको पेट दुख्ने समस्या भएपछि बुधबार कोशी अस्पताल आइन् । सवेरै अस्पताल आएकी उनले काउन्टमा पूर्जी काटेपछि तीन घण्टापछि अस्पतालका फिजिसियन चिकित्सकलाई देखाइन् । ‘चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि विराम पहिचान गर्न भिडियो ए–क्सरे लखिदिनुभयो । त्यसपछि उनले ६ सय रूपैयाँमा बुझाएर भिडियो ए–क्सरेको बिल काटिन र अस्पतालको रेडियोलोजी विभागमा बुधबार दिउँसो पुगिन् । रेडियोलोजी विभागको काउन्टमा बसेका स्वास्थ्यकर्मीले आज कोटा पूरा भयो । अब बिहीबार विहान ९ बजे आएर पालोमा लगाउनु भन्दै फकाईदिनुभयो,’ कोशीको रेडियोलोजी विभाग अगाडी भेटिएकी थापाले पाएको पिडा सुनाउँदै भनिन्, ‘करिब ६० किलोमिटरको सार्वजानिक यातयात चढेर सरकारी अस्पताल आइपुगे । तर, एक्कै दिनमा आफ्नो समस्या देखाउन पाइन् । फेरी भोली आउनुप¥यो । एक्कै दिनमा हुने काम पनि प्रयाप्त मात्रमा चिकित्सक नभएको भन्दै फर्काइदियो ।’
सस्तोमा उपचार पाइने भएपनि सरकारी अस्पताल प्रशासनले व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले सास्ती पाउनु परेको उनले बताइन् । काशीको रेडियोलोजिस्ट विभागमा भेटिएका कामनादेबि मुिखयाको समस्या पनि ठ्क्याकै उमादेवीसँग मिल्दोजुल्दो छ । दुई दिनयतादेखि पेटमा समस्या भएपछि उनी पनि मंगलबार कोशी अस्पताल आएकी थिइन् । ‘पहिलो दिन चिकित्कसलाई देखाएर घर फर्किए । भोलीपल्ट बुधबार सबेरै अस्पताल आएको भएपनि रेडियोलोजी विभागमा तीन घण्टापछि पालो आयो र भिडियो ए–क्सरे गरे,’ बुधबार दिउँसो रिपोटको पर्खाइमा रहेकी मुखियाले भनिन्, ‘एक दिन पालो कुरेर भिडियो ए–क्सरेको रिपोट आएपछि चिकित्सकलाई देखाएर घर फर्किन्छु ।’
रेडियोलोजी विभागको सेवा लिन घण्टौं लाइनमा बस्दा पनि सेवा नपाउने भएपछि आजित भएका सेवाग्राहीले सोमबार आन्दोलन नै गरेका थिए । उपचारका लागि आएका मो. मोहमदले आइतबारदेखि अल्ट्रासाउन्ड गराउन लाइनमा बस्दाबस्दै सोमबार पनि पालो नआउने भएपछि आन्दोलनमा उत्रिन बाध्य भएको सुनाए । दैनिक २ सय देखि २ सय ५० जना बिरामी रेडियोलोजी सेवा लिन आउने गरेको अस्पतालको तथ्यांक छ । तर, अस्पतालको रेडियोलोजी विभागमा एक जनामात्रै चिकित्सक रहेकाले ५० देखि ६० जनाको मात्रै जाँच गर्न भ्याउने भएकाले समस्या भएको हो ।
अस्पतालमा रेडियोलोजी विभागअन्तर्गत अल्ट्रासाउन्ड, सिटी स्क्यान र एक्स–रे सेवा उपलब्ध छन् । जसमा अस्पतालको दुई जना चिकित्सकको दरबन्दी भएपनि पाँच वर्षदेखि रिक्त रहनु र विकास समितिले करारमा नियुक्त गरेको दुई जना र दरबन्दीका एक जना गरि तीन जना रेडियोलोजिस्ष्टले राजिनामा दिएको कारण अस्पतालको सेवा प्रभावित बनेको छ । अहिले रिक्त रहेको दरबन्दीमा मन्त्रालयदेखि चिकित्सक ल्याउन अस्पतालका मेसु र विकास समितिका पदाधिकारीहरूले चासो देखाएको छैन । जसले गर्दा विरामीले एक दिनपछि पालो पाउनुपर्ने अवस्था रहेको छ । करारमा नियुक्त गरेको अस्पतालमा अहिले एकजना मात्र रेडियोलोजिस्ट छन् । अस्पतालमा दुई जनाको रेडियोलोजिस्टको दरबन्दी अनुसार डा. ओमबिजु पन्त र डा पुस्कर देव रहेका थिए । डा. पन्त विभागीय कारवाहीमा परेका छन् भने भएका डा. देवले गत आइतबारदेखि लागू हुने गरी राजिनामा दिएका छन् ।
अस्पतालको विकास समितिले तीन जना रेडियोलोजिस्ट चिकित्सकलाई करारमा नियुक्त गरेको थियो । नियुक्त गरिएको डा. अंशु श्रेष्ठ, डा. सितेश कोइराला र डा. राजा सुवाल थिए । उनीहरूमध्ये डा. श्रेष्ठ र डा. कोइरालाले राजिनामा दिएका छन् । केही दिन यतादेखि अस्पतालमा डा. राजा सुवालले मात्र रेडियोलोजिस्ट विभाग सम्हालिरहेका छन् । सोमबार अस्पतालमा आन्दोलन भएपछि राजीनामा दिएकी डा. श्रेष्ठलाई अस्पताल प्रशासनले बिहीबारसम्मको लागि काम गरिदिन आग्रह गरेको छ । त्यसैले बुधबारसम्म ६० देखि ७० जनाको परीक्षण हुँदै आएको अस्पतालको अभिलेखमा देखिन्छ । बिहीबारदेखि डा. श्रेष्ठ आउन छोडेपछि भने यो संख्या घट्ने अस्पतालले जनाएको छ ।
दरबन्दीअनुसार चिकित्सक नभएकाले सेवा प्रभावित हुँदै आएको कोसी अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादवले बताए । ३ सय ५० शय्याको अस्पतालमा अहिले दैनिक हजारदेखि १२ सयसम्म बिरामी आउने गरेका छन् । डा. यादवले नवौं तहको दुई जना रेडियोलोजिस्टको दरबन्दी रिक्त रहेकाले सेवा सञ्चालनमा समस्या भएको बताए । ‘दरबन्दीअनुसारको चिकित्सक नभएपछि सेवा प्रभावित हुनु स्वाभाविक हो,’ उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य विभागमा पटक–पटक लिखित र मौखिक रूपमा चिकित्सक पठाइदिन आग्रह गर्दासमेत ५ वर्षदेखि दरबन्दी रिक्त छ ।’
विभाग र मन्त्रालयले दरबन्दीअनुसारको चिकित्सक नपठाएपछि अस्पताल विकास समितिबाट रेडियोलोजिस्ट नियुक्त गरेर सेवा सञ्चालन हुँदै आएको थियो । तर ३ जनाले राजीनामा दिइसकेका डा. यादवले बताए । दरबन्दीअनुसारको चिकित्सक नआएसम्म समस्या जस्ताको त्यस्तै रहने उनले बताए ।