जग्गा कारोबारी रमेश यादवको दोहोरो नागरिकता, २ लाखमा किनेको दाबी

विराटनगर । विराटनगर–८ मधुमारामा बस्दै आएका विराटनगरका जग्गा कारोबारी रमेश यादवको दोहोरा नागरिकता रहेको पाइएको छ । यादवको नेपाल र भारत दुवै देशको नागरिकता बनाएको पाइएको हो ।

उनले २०६३ साल चैत २८ गते नेपाली नागरिकता बनाएको पाइएको छ । साविकको विराटनगर २२ वडा खुलाएको यादवको टोली आएको बेलामा नगरिकता बनाएका छन् । तर, यादवले २ लाख रूपैयाँमा तीन वर्ष अगाडि नागरिकता बनाएको भन्दै हिंड्ने गरेका गरेका छन् । उनको नेपाली नागरिकता नम्बर ०५३०८७/२२१ रहेको छ । जगदिव यादव बावु रहेको रमेशको भारतीय मतदाता परिचय पत्र एमएफभि ५६५७२३४ रहेको छ ।

सन् २००५ जुन ६ तारिखमा यादवले बनाएको भारतीय मतदाता परिचय पत्र अनुसार निर्वाचनमा फारबिसगंजमा निर्वाचन केन्द्र उल्लेख छ । दोहोरो नागरिकता बनाएको खुलेपछि यादव विरूद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी पनि परेको छ । जिप्रका मोरङमा अनुसन्धान र दोहोरा नागरिकता धारी यादवलाई कारवाहीको माग राख्दै प्रमाणसहित उजुरी परेको बुझिएको छ । दोहोरो नागरिकता बनाएका यादवले जग्गाको कारोबार गर्नुको साथै विराटनगरमा व्यापार क्षेत्रमा पनि लागनी गर्दै आएका छन् । दोहोरा नागरिकता लिएको विषयमा यादवसँग सम्र्पक गर्न खोज्दा उनी सम्र्पकमा आएनन् ।

यता मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता शरद कुमार पोखरेलले गलत प्रक्रियाबाट कसैले पनि नागरिकता लिनु गैरकानुनी भएकोले यदी कसैले लिएको पुष्टि भए कारवाहीको प्रक्रिया अगाडि बढ्ने बताए । ‘कसैले पनि गलत तरिकाबाट नागरिकता लिनु हँुदैन,’ उनले भने, ‘यदि लिएको भए नागरिकता ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढनेछ । उजुरी आएको रहेछ भने हामी अनुसन्धान थाल्नेछौं र कारवाहीको प्रक्रिया अगाडि बढाउँछौं ।’ यादवको हकमा अहिलेसम्म उजुरी परेको आफूलाई जानकारी नभएको उनले बताए ।

आइतबार, १७ साउन, २०७८, साँझको ०५:३४ बजे

प्रतिक्रिया

  1. Hamro Rani mills area Biratnagar hallo ward no 15 &16 ma Adhikansh Bihari hare le Nagrikta Banai Baseka chan. Anyatha Lakh ma payne jagga hal bhu mafiya ko jag jagile carodau ma karobar bhai raheko Xa.
    Bhagwan jane ke hune ho hamro Rani ko

प्रतिक्रिया:

सम्बन्धित खवर