गोल्डस्टार जुत्ताको विराटनगरमा नयाँ शाखा

विराटनगर । स्वस्तिक इन्टरप्राइजले विराटनगर ९ ट्राफिक चोकमा गोल्डस्टार जुत्ताको नयाँ सोरुम संचालनमा ल्याएको छ । गोल्डस्टारको विराटनगरमा यो दोश्रो शो रुम हो ।

सञ्चालक विकास पुरीका अनुसार सेन्ट्रल मलमा पहिलो शाखाको सफलतापछि अर्को शाखा स्थापना गरी उद्घाटन गरिएको हो । ग्राहकको रुची अनुसारका लेडिज ,जेन्स दुबैजनाले लाउन मिल्ने जुत्ताहरु उपलब्ध रहेको पुरीले बताए ।

‘सुरुवाती एक हप्ता अर्थात साउन १४ गतेसम्मलाई हामीले हरेक जुत्तामा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौं । पहिलो शाखा जस्तै यसले पनि भरपुर माया र साथ पाउँछ भन्ने विश्वास हामीले लिएका छौं,’ उनले भने । ग्राहकहरुको साथ पाएमा थप शाखा खोल्ने उनले बताए ।

शुक्रबार, ०८ साउन, २०७८, दिउँसोको १२:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर