होण्डा कम्पनीको ‘ग्राजीया’ स्कुटर बजारमा

विराटनगर । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि विराटनगरले नेपालमा सर्वाधिक बिक्री हुने ‘ग्राजीया बीएस सिक्स’ स्कुटरको नयाँ मोडेल नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले विराटनगरमा आज एक कार्यक्रम आयोजना नयाँ मोडलको ‘ग्राजीया बीएस सिक्स’ बजारमा ल्याएको हो ।

आकर्षक र स्टाइलिस लुक रहेको यस स्कुटरको १२५ सिसी रहेको छ । नयाँ मोडलको उक्त स्कुटी फिचरहरु थप गरि पूर्ण रुपमा डि–डिफाइनल गरिएको स्याकार टे«डिङ्ग कम्पनी प्रालि विराटनगरका शोरुम प्रमुख मदन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नयाँ मोडलको स्कुटरको १५५ देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको छ । यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्धर रहेको छ । यस फिचर अन्र्गत स्कुटरको दिने रियल टाइम माइलेज, एमभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमष्टि जस्ता जानकारी प्राप्त गर्न सकिने कम्पिनले जनाएको छ ।

होण्डाको पिजिएम (प्रोग्राम फ्यूल इन्जेसन) टेक्नोलोजी प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ । नयाँ मोडलको स्कुटरमा साइट स्ट्याण्ड इन्जिन अफ पिचर, एसिजी सहितको साइलेन्ट स्टार्टको साथ इपिएस टेक्नोलोजीका साथ एचइटी इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषहरु रहेको श्रेष्ठले जानकारी दिए ।

‘ग्राजीया बीएस सिक्स डिआरएस’ मोडलको स्कुटरको मुल्य २ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ । यस्तै ‘ग्राजीया बीएस सिक्स डिएसएस’ मोडलको २ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । अहिले बजारमा आएको नयाँ मोडलको स्कुटर पाँच कलरमा रहेको छ । नयाँ मोडलको स्कुटर बजारमा आएको अवसरमा कम्पनीले अहिले सिमित अवधिको लागि ४ हजार ५ सय रुपैयाँ छुट दिएको छ ।

सोमबार, ०४ साउन, २०७८, रातीको ०९:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर