विराटनगर । कोपा अमेरिका र युरोकप फुटबल प्रतियोगिताका कारण अहिले विश्व फुटबल मय बनिरहेको छ । तर, त्यही फुटबल खेल्ने विराटनगरको सहिद रंगशाला भने घाँसे मैदान बनेको छ ।
रंगशाला मर्मत र सम्भारका लागि लाखौं रकम खर्च हुन्छ । यहाँ फुटबलमात्रै होइन क्रिकेट, भलिबल तथा एथलेटिक्स खेलहरु पनि कहिलेकाही खेलाइने गरेको छ । तर, अहिले रंगशालामा घाँसले छपक्कै छोपेको छ भने पानी जमेर हिलाम्मे बनेको छ । रंगशालाको मर्मत सम्भारका लागि कसैले पनि चासो दिएको छैन । मोरङ जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख सुशील कँडेलले मर्मतका लागि काहीबाट पनि रकम नआएको बताए ।
सबै तस्बिरः अर्जुन आचार्य








