लोड हुँदैछ...

मेनु

घाँसे मैदान बन्यो विराटनगर सहिद रंगशाला (फोटो)

घाँसे मैदान बन्यो विराटनगर सहिद रंगशाला (फोटो)

विराटनगर । कोपा अमेरिका र युरोकप फुटबल प्रतियोगिताका कारण अहिले विश्व फुटबल मय बनिरहेको छ । तर, त्यही फुटबल खेल्ने विराटनगरको सहिद रंगशाला भने घाँसे मैदान बनेको छ ।

रंगशाला मर्मत र सम्भारका लागि लाखौं रकम खर्च हुन्छ । यहाँ फुटबलमात्रै होइन क्रिकेट, भलिबल तथा एथलेटिक्स खेलहरु पनि कहिलेकाही खेलाइने गरेको छ । तर, अहिले रंगशालामा घाँसले छपक्कै छोपेको छ भने पानी जमेर हिलाम्मे बनेको छ । रंगशालाको मर्मत सम्भारका लागि कसैले पनि चासो दिएको छैन । मोरङ जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख सुशील कँडेलले मर्मतका लागि काहीबाट पनि रकम नआएको बताए ।

सबै तस्बिरः अर्जुन आचार्य

 

3 प्रतिक्रियाहरू

3 प्रतिक्रियाहरू

Ajay Kumar CHaudhary
July 13, 2021 3:07 PM

Maidan ma gas nabhaye paxi k chahi hunxa

Dipendra maheta
July 13, 2021 3:23 PM

रिर्पोटिङग गर्नु हुन्छ राम्रो खबरहरु लाई समेटेर गर्नु कता जन्ता दुःख मार्का मा छ । अनि मैदान घास नउर्मन भए के धान उम्रिन्छन् त ।

Raj kumar chaudhary
July 13, 2021 4:25 PM

Birat gold cup khelako paisa ka gayo t .

प्रतिक्रियाहरू बन्द छन्।