विराटनगरमा मैथिली चित्रकला प्रतियोगिता हुने

विराटनगर । प्राचीन मैथिली चित्रकलाको जगेर्णा गर्न विराटनगरमा चित्रकला प्रतियोगिता हुने भएको छ ।

मैथिली विकास अभियानको आयोजनामा आउँदो साउन ४ गतेदेखि ८ गतेसम्म चित्रकला प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा ब्राण्डस्टर नेपाल नामक संस्थाको सहकार्य रहने छ । सामाजिक सञ्जाल र अनलाईन प्रविधिकोे सदुपयोग गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक आँचल मल्लिकले बताईन् । उनीले प्रतियोगितामा जुनसुकै उमेर समुहका व्यक्ति सहभागी हुन पाउने जानकारी दिईन ।

प्रतियोगितामा सहभागि हुनका निम्त्ति आयोजक समितिले सार्वजनिक गरेको सोसल मिडिया एप ‘व्हाटसएप’ को नम्बर ९८१०४९१६१४ मार्फत सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । मिथिला चित्रकला प्राचीन सभ्यता र संस्कृतिसँग जोडिएकाले त्यसलाई संरक्षण र सम्र्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजनाको अवधारणा अघि सारिएको आयोजक मैथिली विकास अभियानका अध्यक्ष पञ्कज वर्माले बताए ।

सहभागिताका लागि प्रतियोगिले १ सय रुँपैयाको आवेदन फारम भर्नुपर्नेछ । फारम भर्ने अन्तिम मिति आउँदो साउन १ गतेसम्मका लागि निर्धारित गरिएको छ । प्रतियोगितामा सहभागि हुन ईच्छुकले मिथिला आर्टको परिधिभित्र रहेर १२÷१८ ईन्चको आर्ट पेपरमा चित्र कोर्न पाउने छन् । चित्रको फोटो खिचेर निर्धारित व्हाट्सएप नम्बरमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगीले पठाएका चित्रहरुलाई सामाजिक सञ्जालमा राखिनेछ । सामाजिक सञ्जालमा राखिएका चित्रमध्ये अत्याधिक लाईक प्राप्त गर्र्ने तथा निर्णायक समेतले दिएको अङ्कको आधारमा विजयी घोषणा गरिने आयोजकको तयारी छ ।

प्रतियोगितामा भने प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४ हजार, ३ हजार र २ हजारको नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बिहिबार, २४ असार, २०७८, रातीको ०९:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर