इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले किसानलाई २१ वटा उन्नत वोयर जातका बोका वितरण गरेको छ । उपमहानगरका उपप्रमुख लक्ष्मी गौतमले कृषक समूहरुलाई बोका वितरण गरेकी हुन् ।
इटहरी उपमहानगरपालिका पशुपंक्षी शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत कृषि फर्महरुलाई १३ वटा बोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो । अरु बोका वाख्रा पकेट कार्यक्रम लागू भएको इटहरी १८ को सिहंदेवी कृषि सहकारी संस्थामा आवद्ध कृषि समूहलाई वितरण गरिएको छ ।
कृषकहरुलाई केहि दिनभित्रैमा सय वटा वोयर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिएकी छन् । वितरित वोकाको मूल्य ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म रहेको छ । गत वर्ष वितरित वाख्रावाट जन्मिएको ६ महिनाको एउटा पाठो ६५ केजीको भएको उपमहानगरले जनाएको छ ।