नगरिक केयर सेन्टरलाई माछापुच्छ्रे बैंकद्वारा तीन लाख रकम सहयोग

विराटनगर । माछापुच्छ्रे बैंक लिमिटेडले नागरिक केयर सेन्टर, विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको हो । सहयोग रकम माछापुच्छ्रे बैंक, विराटनगर शाखाका प्रबन्धक चन्दन पोख्रेल र प्रतिनिधि रुपेश थापाले नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडालाई चेक मार्फत हस्तान्तरण गरेका हुन् ।

मङ्गलबार, ०१ असार, २०७८, रातीको ०९:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर