लोड हुँदैछ...

मेनु

कोरोना कालको ब्याज मिनाहा गर्न नेपाल उद्योग परिसंघद्वारा राष्ट्र बैंक समक्ष माग

कोरोना कालको ब्याज मिनाहा गर्न नेपाल उद्योग परिसंघद्वारा राष्ट्र बैंक समक्ष माग

विराटनगर । आर्थिक वर्ष २०७८।७९को मौद्रीक नीतिमा समावेश गर्ने विषय भन्दै नेपाल उद्योग परिसंघ प्रदेश १ ले राष्ट्र बैंकसमक्ष दर्जनौं माग राखेको छ ।

उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीमप्रसाद घिमिरेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष निजी क्षेत्रलाई पोषण गर्नुपर्ने मौद्रीक नीति आउनु पर्ने माग गरेका हुन् ।

प्रस्तुत मागहरूमा कोभिडका कारण थलिएका उद्योगहरुलाई राहत दिन र उनीहरुलाई ऋण र ब्याजको किस्ता बुझाउन प्रोत्साहन गर्न सरकारले आव्हान गरेको घर धनिहरुलाई आफ्ना किरायादारहरुलाई लकडाउन अवधिको आधा किराया मिनाहा दिनुपर्ने सरह नै लकडाउन अवधिको ब्याज मिनाहा दिनुपर्ने, कोरोना प्रभावित व्यवसायिक तथा औद्योगिक प्रतिष्ठानको संरक्षण तथा पुनरुत्थानका लागि विशेष व्यवस्थाका साथ पाँच वर्षसम्मको लागि ३ प्रतिशत ब्याजदरमा सरल प्रक्रियाद्वारा कर्जा प्रवाह गरिनुपर्ने लगायत रहेको छ ।

हेर्नुहोस् उद्योग परिसंघका मागहरु

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।