कटहरी । युवा नेता ताजिम अन्सारीको नेतृत्वमा रहेको मानव सहयोगी हातले राहत बाँडेको कुरा नौलो होइन । तर, केही दिनयता राहत सहयोगको लागि गुहार माग्नेको संख्या धेरै आएको छ । यस कारणले पनि अन्सारी र उनको टोली माथि जिम्मेवारी थपिएको छ ।
पीडितहरुले रातमा पनि फोन गर्ने गरेको अन्सारी सुनाउँछन् । यसरी राती फोन गर्नेहरुलाई उनले घरमै पुगेर राहत बाँड्दै आएका छन् ।
हालसम्म उनले १५०० भन्दा बढी परिवारलाई राहत बाँडिसकेको बताएका छन् । ‘हुनेले दिएर जाउँ नहुनेले लियर जाउँ,’ अन्सारी भन्छन् । मानव सहयोग हातलाई देशविदेशबाट सहयोग आइरहेको छ । सहयोग गर्न इच्छुक हुनेले आफूलाई सम्पर्क गर्न अन्सारीको आव्हान छ ।
अन्सारीको टोलीले विराटनगर माहानगरपालिका, कटहरी गाउँपालिकालगायतका क्षेत्रमा राहत वितरण गर्दै आएका छन् ।
राहत वितरण कार्यमा लागेको समाजसेवी हरुको बाटोमा कुनै पनि प्रकारको बाधा नआओस्।