युवा अभियानद्वारा दुई सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्ने समुदायलाई विराटनगरमा खाद्यान्न वितरण गरिएको छ ।

युवा अभियान समूह विराटनगर र नटराज एग्रो प्रालिद्वारा विराटनगर–११ का गरिव समूदायका दुई सय जनालाई निःशुल्क खाद्यान्न वितरण गरिएको हो । प्रदेश १ का निवर्तमान सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेकपा एमाले (नेपाल खनाल समूह)का केन्द्रीय महेश रेग्मी, नगर अध्यक्ष पारुल क्षेत्री, अभियानका अभियान्ताहरु संजय विक, राम सुव्वा र भुवन कट्टेललगायतको टोलीले नागरिकले भोको पेट सुत्न नपरोस भन्नका लागि खाद्यान्न सहयोग गरेको हो ।

अभियानले निषेधाज्ञाको समयमा विराटनगरका विभिन्न वडाहरुमा खाद्यान्न वितरण गर्नुका साथै दैनिक मजदुरी गर्नेलाई निशुल्क खाना खुवाउँदै आएको छ ।

शनिबार, २९ जेठ, २०७८, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर