विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका भित्रको पिच सडकमा ठूला–ठूला भ्वाङ परेको छ ।
कालोपत्रे सम्पन्न भएको एक वर्ष पनि नहुदै विराटनगर–७ गएली मार्ग मोरङ अदालतको पूर्वी गेट अगाडिको सडकमा ठूलो भ्वाङ परेको हो ।
विराटनगरको देवकोटा चोक जोड्ने उक्त सडकको बिचमा शनिबार करिब ७ फिट गोलाइ रहने गरि भ्वाङ परेको स्थानीयले बताएका छन् । दुर्घटना भयो भने भ्वाङ परेको पिच सडक भित्र मान्छे सोझै मुनि छिर्ने रहेको छ । ‘कालोपत्रे भएको ७/८ महिना भएको छ । वर्ष दिन पूरा नुहदा बिच सडकमा भ्वाङ परेको छ,’ स्थानीय नवराज खत्रीले भने, ‘पिच सडकमा भ्वाङ परेपछि दुर्घटना हुनबाट जोगिन सांकेतिक चिन्ह बनाएर बाँस राखिएको छ ।’
विराटनगर महानगरपालिकाभित्र आरयूडिपी परियोजना अन्र्तगत ७६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । सम्पन्न भएको कालोपत्रे सडक हस्तान्तरणको चरणमा रहेको छ । सो परियोजना ३ अर्ब ६१ करोडको हो । उक्त परियोजना अन्तर्गतको ठेक्का आशिष निर्माण सेवाले लिएको छ । वर्ष दिन पनि नहुँदै पिच सडकको बिचमा भ्वाङ परेपछि स्थानीयले ठेक्दार कम्पनीले गुणस्तरहिन सडक बनाएको आरोप लगाएका छन् । एक वर्ष पनि नहँुदै पिच सडक भासिनु र भ्वाङ पर्नुले गुणस्तरहिन काम गरेको प्रमाणित हुन्छ ।
यसअघि पनि विराटनगर १० तीनटोलीयास्थित पिपलचोकमा पनि एउटा टिपर चिल्लो सडकमा अचानक भासिएको थियो । कालोपत्रे गरिएको सडकमा गुडेको टिपरको पछाडिको दुवै चक्का सडकमा भासिएको थियो । निर्माणमा कमसल सामाग्री प्रयोग गरिएका कारण टिपरको वजन थेग्न नसकेपछि चक्का भासिएको हो । त्यस बखत निर्माण कम्पनी आशिष निर्माण सेवाले पुनः मर्मत गरेको थियो ।
प्राविधिक काम र त्यसको अनुगमनको पाटो दुरुस्त नभएकै कारण सडकमा गुडिरहेका गाडीहरु यसरी धमाधम भासिन र भ्वाङ पर्न थालेका दृष्यहरु देखिन थालेका छन् । क्षेत्रीय सहरी विकास परियोजना विराटनगर महानगरपालिकाको प्रोजेक्ट म्यानेजर भरत न्यौपाने क्यान्ट्याक फेसमा रहेकोले कुनै पनि सडक भत्किए, उप्किए निर्माण कम्पनीले मर्मत सम्भार गर्नुपर्ने बताए । ‘अहिले वर्ष दिनको मर्मत सम्भार अवधि रहेको छ । त्यसबीचमा परियोजना भित्रको कुनै पनि सडक बिग्रीए निर्माण कम्पनीले जिम्मा लिएर पुनः मर्मत सम्भार गर्नुपर्ने हुन्छ,’ उनले भने ।
यता आशिष निर्माण कम्पनीका प्राविधिक रोविन्द्र ठाकुरसँग पिच सडकमा के कारणले भ्वाङ परेको हो भन्ने विषय बुभ्mन बारम्बार सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।
यस सडक अन्तरगत हजुरहरुलाई कुनै बजेट छुट्याइएको थिएन छ हैन हाम्रो मत अनलाइन। हैन भने पिचको सानो दुलो देख्नेले विराटनगर चाँदनि चोक पश्चिम गणेश चोक देखि जामुनगाछिको सडक देखेका छौ कि तिमिहरुका आँखा बन्द छन्। यो सडकको बारेमा समचार आयो भने तिम्रो पत्रकारिता सहि भनौला हैन भने पित पत्रकारिता गरेर जनता नठगेकै राम्रो कि कसो
पटक पटक गुणस्तरहीन काम गर्ने यो आशिष निर्माण शेवा र त्यसलाई ठेक्का दिने दुवैलाई कारवाही गर्नुपर्यो।