बहुमत सांसदको हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दाबी पेश

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बहुमत सांसदसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको छ ।

प्रदेश प्रमुखले २४ घण्टाको समयावधि दिँदै सरकार गठनको आव्हान गरेको केही घण्टाभित्रै कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

उनलाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेले मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।

पोखरेलसहित बहुमत सांसदको टोली प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष सशरीर उपस्थित भएका थिए । मुख्यमन्त्रीमा दावी पेश गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस सांसद नेपालीले प्रदेश प्रमुखलाई छिटो निर्णय गर्न आग्रह गरेको बताए ।

शुक्रबार, २८ जेठ, २०७८, साँझको ०७:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर