नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकद्वारा पाँच लाख रकम सहयोग

विराटनगर । नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंक लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको हो । बैंकका क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजू मार्फत चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका सारडा वरिष्ठ उपाध्यक्ष जाजु, सदस्य नविन रिजाल, मोरङ व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी तथा एभरेष्ट बैंक प्रदेश १ का क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठ, विराटनगर शाखा प्रबन्धक साजन के.सी. र क्षेत्रीय कार्यालयका रमेश भण्डारीलगायतको उपस्थिति थियो ।

शुक्रबार, २८ जेठ, २०७८, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर