मानव सहयोगी हातद्धारा ६७ घरपरिवारलाई खाद्यान्न वितरण

विराटनगर । मानव सहयोगी हातले मोरङको रतुवामाई नगरपालिका–४ का गरिब तथा विपन्न वर्गलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

सहयोगी हातले बुुधबार वडा नं. ४ स्थित पैयामारीको सुकुम्बासी बस्तीमा ६७ घरपरिवारलाई राहत वितरण गरेको हो । महिनादिन लामो निषेधाज्ञाका कारण जिविका चलाउन असर्मथ भएकाहरुलाई युवाहरुको समुहले खाद्यान्न वितरण गरेका हुन् ।

मानव सहयोगी हातद्धारा प्रत्येक घरपरिवारलाई ५ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, १ दर्जन चाउचाउ, १ दर्जन बिस्कुट, आधा किलो सोयाबिन र पापड लगायतका खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष सुमन कालिकोटेले बताए । उनले सुकुम्बासी घरपरिवारको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै प्रत्येक परिवारलाई २५ पिस सर्जिकल मास्क र स्यानिटाईजर समेत वितरण गरिएको जानकारी दिए ।

संस्थाले भने आगामी दिनहरुमा पनि अभियानलाई निरन्तरता प्रदान गर्ने जानकारी दिएको छ ।

बिहिबार, २७ जेठ, २०७८, दिउँसोको ०१:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर