लोड हुँदैछ...

मेनु

औषधी व्यवसायीमाथि गोली प्रहार

औषधी व्यवसायीमाथि गोली प्रहार

सिरहा । सिरहाको मिर्चैयामा औषधी व्यवसायीमाथि गोली प्रहार भएको छ । गोली प्रहार गर्ने व्यक्तिको पहिचान भएको छैन ।

मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा पौडेलले जानकारी दिए ।

गोली प्रहारबाट घाइते ४० वर्षे साफीको हात र तिघ्रामा गोली लागेको बताइएको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।