पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो

विराटनगर । निरन्तर घाटा व्यहोरिरहनु परेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य पुनः बढाएको छ ।

डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएको आयल निगमले आज साँझ विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । यो मूल्यपछि अब अब पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजल प्रतिलिटर १०८ र मट्टितेल प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ।

‘निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

आयल निगमले एलपी ग्यासमा भने मूल्यवृद्धि नगरेको जनाएको छ । निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ।

यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।

शनिबार, २२ जेठ, २०७८, रातीको ०९:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर