बेलबारी नगरपालिकाद्वारा अष्ट्रेलियाबाट ल्याएर बोयर जातका बाख्रा वितरण

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएर किसानलाई बोयर जातको बाख्रा वितरण गरेको छ ।

कोरोनाको महामारीकै बीच नगरपालिकाले कृषक समूह तथा व्यावसायिक फर्महरुलाई बाख्राका पाठा पाठी वितरण गरेको हो । ५२ ओटा वोका र ३८ वटा पाठी वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

एक करोड २५ लाख मुल्यमा नगरपालिकाले बाख्रा ल्याएको हो । किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठा पाठी वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रकारुपमा विकास गर्ने लक्ष्य लिएको उनले बताए ।

अनुदानमा दिएका बाख्राहरु बिक्री गर्न नपाउने शर्त राखेर विभिन्न फर्महरुलाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले बताए । तिनै बाख्राका पाठापाठीबाट उत्पादन बढाउने लक्ष्य लिएको उनले बताए । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधि नै बनाएको थियो ।

यो जातको बाख्राले दाना, पानी र स्थानीयस्तरमा पाइने सबै घाँस खाने भएकाले यतिबेला कृषकहरुको ध्यान उक्त बाख्रापालनमा गएको छ । थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरुमा समेत बोयर प्रतिको मोह बढीरहेको छ । अन्य जातको बाख्राभन्दा बोयरले छिटो सयमा फाइदा दिने पशु प्राविधिकहरु बताउँछन् ।

बाख्राका पाठापाठी पाएपछि कृषकहरु समेत खुसी भएका छन् । अष्ट्रेलियलाई बोयरको प्रजनन केन्द्रका रुपमा मान्ने गरिन्छ बेलबारीमा व्यवसायिक बाख्रा पालन गर्दै आएका किसान राजन गोर्खालीले भने यसले आय आर्जनमा ठूलो राहत मिल्ने छ । माछा, दूध तथा अन्डामा आत्मनिर्भर भइसकेको बेलबारी नगरपालिकाले मासुमा समेत आत्मनिर्भर बनाउने जनाएको छ । निषेधाज्ञाको सयमा भीडभाड बढ्ने भएपछि नगरपालिकाले समूह तथा फर्ममा लगरे पाठपाठी छोडिदिएको छ ।

 

शनिबार, १५ जेठ, २०७८, साँझको ०६:०५ बजे

प्रतिक्रिया

    1. अरेका भरमा समाचार लेख्दाकाे दुर्गति। यसमा चरम फटाई छ। यहाले सकारात्मक रुपमा लिएर काेभिडका कारण घरघर पुर्याए भन्नु भाे, यही नेर काेभिडलाई बहाना बनाएर कालाेबजारी गरे । अष्ट्रेलियाबाट भनेर लाेकल बाख्रा बाँडे। समाचार तयार गर्दा काेही किसानलाई साेध्नुभकाे भए समाचार अर्कैबन्थ्याे । यद्दपि यसका बारे पालिकाले बिज्ञप्ति निकालि सकेकाे छ , सक्नुहुन्छ भने न्युज फलाेअप गर्नुभए पनि हुन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर