लोड हुँदैछ...

मेनु

बिरामीका कुरुवालाई निःशुल्क भोजन

बिरामीका कुरुवालाई निःशुल्क भोजन

विराटनगर । परिवर्तनका लागी हातेमालो नामक सामाजिक संस्थाले विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत बिरामीका कुरुवाहरुलाई निःशुल्क भोजन गराएको छ ।

बैशाख १९ गतेदेखि जारी निषेधाज्ञाका कारण होटल तथा चियानास्ताका पसलहरु बन्द रहेको अवस्थालाई दृष्टिगत गर्दै संस्थाले शुक्रबार १ सय ७५ जनालाई निःशुल्क खाना खुवाएको हो । विगत ४ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय संस्थाले ‘समाज परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराका साथ बिहीबारदेखि सुरु भएको अभियानको पहिलो दिन संस्थाले १ सय २० जनालाई खाना खुवाएको थियो । निषेधाज्ञा अवधिभर बिरामीका कुरुवाहरुलाई निःशुल्क भोजन गराउने योजना रहेको संस्थाका अध्यक्ष विनोद परियारले बताए ।

यस्तै संस्थाले जेठ ११ गते मंगलबारदेखि संस्थाले अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीको व्यवस्थापनमा सहयोग पुर्‍याउन स्वयंमसेवक समेत खटाएको संस्थाका सदस्य उज्जवल कार्कीले जानकारी दिए ।

संस्थाले पछिल्लो समय नगरक्षेत्रभित्रका कोरोना संक्रमितको घर समेत निर्मलीकरण गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।